उतारचढाव झेलिरहेको अमेरिकी डलरको भाउमा शनिबार गिरावट आएको छ । शुक्रबारको तुलनामा एक अमेरिकी डलरको बिक्रि दर ३३ पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रिदर ९७ रुपैंया ५ पैसा निर्धारण गरेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर ९७ रुपैंयाँ ३८ पैसा थियो ।
यो साता अमेरिकी डलरको भाउमा ४७ पैसाले गिरावट आएको छ । साताको पहिलो दिन आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको भाउ ९७ रुपैंया ५२ पैसा तोकेकोमा शनिबार ९७ रुपैंया ५ पैसा निर्धारण गरेको हो । वाणिज्य बैंकहरुले भने राष्ट्र बैंकले तोकेको विक्रीदरभन्दा माथि पुगेरसमेत कारोबार गर्ने गर्दछन् ।
नेपाली रुपैयाँसँग स्थिर विनिमय रहेको भारु बलियो हुँदा डलरको मुल्य तल झर्छ भने भारु कमजोर हुँदा डलर बलियो हुने गर्दछ । डलरको मूल्य तल आउँदा नेपालमा तेस्रो मुलुक र भारतबाट डलर तिरेर आयात हुने बस्तुमा केही राहत पुग्ने गरेको छ । नेपालबाट निर्यात हुने पश्मिना, कार्पेट लगायतका उत्पादकले भने कम मुल्य पाउँछन् ।
डलरको मूल्यमा गिरावट
news and entertainment
