भूपेन्द्र आचार्य ,
नेपाली जनताका छोराछोरीहरुलाई अपहरण गर्ने, धम्क्याउने, लुट्ने, काट्ने र मार्ने धम्की दिने गुण्डा नाइके डनहरुको संरक्षण नेपालका राजनैतिक पार्टी र तीनका ठूला नेताहरुले नै गर्दछन् भन्दा सायद अचम्म नहोला । राजनीतिक पार्टी र तीनका नेताहरुको काखमा बसी उद्योगपति, व्यापारी, बैंकर, घरघरमा व्यक्ति र उच्च खानदानीका परिवारलाई धम्क्याउने काहाली लाग्दा घटना सामान्य बन्दै गएकाछन् । अपहरण गर्ने अपराधिक क्रियाकलाप डनहरुका बारेमा नेपाल प्रहरीले युद्ध रुपमा खोजी गरेको दावी गरेको छ । तर कतिपय गुण्डाका नाइके डनहरुको संरक्षण प्रहरी प्रशासनले समेत गरेको पाईन्छ । व्यापारी, उद्योगपति, बैकर, घरघराना र उच्च खानदान भएका व्यक्तिदेखि सर्वसाधारणलाई समेत धम्क्याउने, अपहरण गर्ने, लुट्ने, काट्नेमा नै काम नेपालमा ‘डन’बाट भएका प्रशस्त घटनाहरु छन् । नेपाल समाजमा फसेको पैसा उठाउने, ढिकुटी खेलेको पैसा उठाउने, घरजग्गा मिलाउँदा कमिशन दिनुपर्ने, ठेक्कापट्टा लिँदा प्रतिशतमा कमिशन दिनुपर्ने काम ‘डन’बाटै गराउने परम्प्राको थालनी भएको छ । यो सुभसंकेत होइन । ‘डन’का नामले परिचित अभिषेक गिरीले उनीको प्रेमीकालाई प्रयोग गरि अपहरण र लुटपाट मच्चाईरहेको बेला प्रहरीसले हालै पक्राउ गरेको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्यारा ‘डन’ दिनेश अधिकारी चरीसलाई प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । नेपाली राजनीतिमा डनहरुलाई पार्टी र तीनका नेताहरुले नै संरक्षण गरेको देखिन्छ । नेपाल प्रहरीको उच्च सुत्र भन्दछ नेपालमा दर्जनौ डनहरु छन् । सुरुमा एउटै गु्रपमा काम गरेको डन अहिले आ–आप्mनो समुहस बनाएर डकैती, लुटपाट, अपहरण, तस्करी गरिरहेका छन् हामीसले सबैखाले डनहरुको खोजी तिब्र बनाएका छौ । उनीले दावी गरे ।
चक्रे मिलन
नेपालको राजनीतिमा कुनै पार्टीले कस्ता डनलाई संरक्षण दिएका छन् त हेरौ समाचार सुत्र भन्दछ चक्रपथ एरियालाई आप्mनो कर्मथलो बनाएर आतंक मच्चाइरहेका डन चक्रे मिलनलाई नेकपा एमालका महासचिव ईश्वर पोखरेलले संरक्षण गरेका छन् गत निर्वाचनमा यिनै डनको सहयोगमा उनीले लाखौ खर्च गरेका थिए । पटक पटक जेल परेका डन चक्रे मिलनलाई यिनै एमाले महासचिव ईश्वर पोखरेलले छुटाएको प्रहरी सुत्रको दावी छ । अहिले पनि यी डन राजनीतिक संरक्षणको पृष्ठभूमिमा लुटपाट मच्चाउँदै आएपछि प्रहरी युद्ध स्तरमा खोजि गरिरहेको छ । भेटिए समात्ने आइलागे जाइलाग्ने प्रहरीले रणनीति बनाएको छ ।
दिनेश अधिकारी चरी
दिनेश अधिकारी चरी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्र थिए उनी गत साता प्रहरीको मुठभेडमा मारिएका छन् । एमाले धादिङका क्षेत्रीय उपाध्यक्ष समेत रहेका थिए । लुटपाट, अपहरण, खात तस्कर, गण्डागर्दी जस्ता जगनीय अपराधका मुद्दा लागेका यी डनको मृत्युपछि नेपाली राजनीति तातेको छ । एमालेको दरबार बल्खुमा कुरा उठाइएको छ सदन तातेको छ । नेतालाई डन प्यारो किन नेपाली जनताको जीउधन प्यारो एक प्रहरीले नाम नलेख्ने शर्तमा भने । अहिले डन चरी मारिए प्रहरीमाथि कारबाहीको कुरा उठेको छ । अपराधीलाई मार्नु गलत थियो वा सही थियो त्यो छानविन होला तर यस्ता अपराधीलाई संरक्षण दिन नेताहरुको छोराछोरी मारेको भए के गर्दथिए ती नेताले एक प्रहरीले प्रश्न गरे ।
गणेश लामा
काभ्रे जिल्लालाई आप्mनो कर्मथलो बनाएका डन हुन गणेश लामा उनीलाई फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष पूर्व गृहमन्धी विजयकुमार गच्छदारले साथ र संरक्षण मात्र दिएका छैनन् गत संविधानसभाको निर्वाचनमा टिकट समेत दिएका थिए । उनका दर्जनौ मुद्दा प्रहरीमा छन् । केही दिन अगाडि मारिएका डन चरी, यिनकै ग्रुपबाट छुटिएका डन हुन् । राजनीतिक संरक्षण पाएका लामाको खोजी पनि प्रहरीले गरिरहेको दावी गरेको छ ।
गच्छदार गृहमन्त्री हुँदा खुलेआम हिँडेका यी डन अहिले गुप्तवास रुपमा सक्रिय रहेको प्रहरीको ठम्याइ छ । ठेक्कापट्टा, लुटपाट, गुण्डागर्दी जस्ता दर्जनौ केश लागेका यी डनलाई प्रहरीले पक्राउ गर्न लागि परेको सुत्रको दावी छ । एक डिआइजीले भने नेतादेखि उद्योगपतिहरुलाई नै आक्रमण गर्ने योजना डनहरुको रहेको प्रहरीले प्रमाण फेला पारेको छ । अब नेपालमा डन सखाप हुने छन् उनीले दावीका साथ भने अपराधीलाई प्रहरीले छोडदैन । जुनसुकैले संरक्षण गरेपनि केही फरक पर्दैन ।
कुमार घैंटे
नुवाकोट र काठमाडौंको बसपार्क क्षेत्रलाई कर्म क्षेत्र बनाएर अपराधीक क्रियाकलाप गरिरहेको डन हुन कुमार घैंटे नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीको संरक्षणमा छन् । गत निर्वाचनमा यिनै डनको सहयोगमा चुनाव जित्न सफल केसीकै आडमा उनीले बसपार्क नुवाकोट जिल्लामा लुटपाट, गुण्डागर्दी र उठउनी पुठौती गर्दै आएको प्रहरी स्रोतको दावी छ । एक जमनामा चक्रे मिलनका दाहिने हात भएर काम गरेका यी डन कुमार धैटे अहिले आप्mनै ग्रुप बनाएर लुटपाट अपहरण गुण्डागर्दी गर्दै आएको प्रशस्त उजुरी प्रहरीमा आएपछि यिनको खोजी युद्धरुपमा भैरहेको उच्च प्रहरी सुत्रको दावी छ । नेपालका उद्योगपति, व्यापारी, बैंकरदेखि उच्च खानदानी परिवारहरुलाई अपहरण गर्ने धम्की दिँदै पैसा असुली गर्ने यी र यस्ता डनहरुका दिन अब नेपालको भूमिमा सकिएको एक डिआइजीले नाम नलेख्ने शर्तमा अमृतबजारलाई बताए । जे भएपछि नेपालीका पार्टी र तीनका नेताहरुले अपराधी क्रियाकलापमा संलग्न भएकाहरुलाई संरक्षण गर्नु शुभसंकेत होइन ।
हिन्दी चलचित्रको ‘डन’ जस्तो बन्दै गएको छ हाम्रो समाज डनको चित्रणलाइै दल र प्रहरीहरुले नै साख बढाइदिएका छन् । नेपालमा डनको परिचय फरक बन्दै गएको छ । डन दिनेश अधिकारी उर्फ चरीको जसरी अन्त्य भयो । यसले नेपाली राजनीतिलाई तताएको छ भने प्रहरीमा उत्साह छाएको छ ।
www.newsabhiyan.com
यस्तो छ नेपालका सबै डनहरुको भित्री कथा !!!!!
news and entertainment
