श्वेताको बलिन्द्र धारा आँसु रोकिएन (फोटोफिचर)

काठमाडौं, भदौ ५– श्रीकृष्ण श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा श्रीकृष्णकी जीवन संगीनी श्वेताको हालत निकै हृदयविदारक थियो । कार्यक्रम आयोजना गरेको पार्टी प्यालेसमा आएलगत्तै डाँको छोडेर रुन थालेकी श्वेताले आफूले आफैलाई सम्हाल्न नसकेका कारण उनलाई सम्हाल्न तीन–चार जना महिलाहरुको आवश्यकता परेको थियो । निकै नै रोएका कारण उनलाई कार्यक्रममा तत्काल समावेश नगरी बाहिर नै केहि बेर राखियो । लगभग आधा घण्टापछि उनलाई कार्यक्रममा समावेश गरिएको थियो । उनलाई आफू बस्ने ठाउँसम्म पुग्न हम्मे हम्मे परेको थियो । कार्यक्रम अवधिभर उनको आँसु एकपटक पनि थामिएन । उनको मलिन अनुहारले त्यहाँको पुरै वातावरणलाई झन् मलिन बनाइदियो । जतिबेला शुभचिन्तकहरुले श्रीकृष्णको कुरा गर्थे उनको आँखाबाट बलिन्द्र धारा आँसु खस्थे । कार्यक्रम अवधिभर उनको आँखा बन्दको बन्द नै रह्यो । श्वेताको अवस्था देख्दा त्यहाँ उपस्थित कसको पो मन कुँडिएन होला र ? त्यहाँका सबै मानिसहरुको नजर श्वेतामा नै केन्द्रित थियो र सबैको अनुहारमा एउटा छुट्टै भाव पैदा भएको थियो – पिडाको भाव । उनलाई त्यहाँ उपस्थित सबैले शोकलाई शक्तिमा बदल्न आश्वासन दिइरहँदा पनि श्वेताको आँखा रसाइ रहेको थियो । shweta3shweta5shweta5shweta6Shweta8shwetashweta

, , ,

news and entertainment