खुश्वुको आक्रोश थामिएन, पत्रकार सम्मेलन गरेर अर्पणको खोइरो

४ भदौं, काठमाडौं । khusbu
प्रहरी कारवाहीमा मारिएका भनिएका डन दिनेश अधिकारी चरीकी प्रेमिका खुश्बु वलीले आफ्ना पूर्व प्रेमी अर्पण कोइरालाले आफू विरुद्ध मिडियावाजी गरेको भन्दै आक्रोश पोखेकी छिन् । कोइरालाले आफ्नो सात करोड रुपमा खाएको भनि गरेको प्रचार विरुद्ध आफै पत्रकार सम्मेलन आयोजना गरेर उनले अर्पणले मिडियाबाजी गरेका कुरा सबै बनावटी भएको दावी गरिन् । उनले भनिन्–अपर्णको काठमाडौमा तीन वटा घर नै थिएन । बिजुली बजारमा भएको घर बालकोटमा बनाउंछु भनेर बेचेको तर अन्तिममा सबै पैसा पोखराको ग्राण्ड क्यासिनोमा सक्यो । पछि मैले नै थप पैसा बुझाएर त्यहांबाट छुटाएर ल्याएको हुं ।

खुश्वुले आफू लामो समयदेखि भारतमा परिवारको उपचारमा भएको भन्दै मिडियाबाजी गरिरहेका अर्पण २१ दिन पहिले फर्पिङमा नै रहेको दावी गर्दै आफूले यसको प्रमाण समेत आवश्यक पर्दा पेश गर्ने बताइन् । उनले आफू बुबाले जग्गा बेचेर सन् २००९ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढ्न गएको र अर्पण कोइराला २०११ मा मात्र गएकोले उनको लगानीमा आफूले पढेको भन्ने कुरा वाहियात भएको दावी गर्दै बुबाले बेचेको जग्गा र आफूले तिरेको कलेज फि हेर्दा सबै कुरा प्रष्ट हुने दावी गरिन् ।


, ,

news and entertainment