पहिरोमा यसरी बग्यो शहर (फोटो फिचर)
जापानको हिरोशिमामा अविरल वर्षापछि आएको पहिरोले शहर नै दलदलमा परिणत हुन पुगेको छ । पहिरोमा परि कम्तिमा २७ जना मानिस मारिएको पुष्टि अधिकारीहरुले गरेका छन् ।
मानिसहरु पहिरोमा जिवितै पुरिएको र गुहार माग्दा माग्दै मरेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।
अधिकारीहरुले कम्तिमा १० जना मानिस हराइरहेको बताएका छन् । तर हराउनको संख्या उच्च हुन सक्ने उनीहरुको भनाइ छ ।
हिरोसिमामा विगत २४ वर्ष यता यो सबैभन्दा ठूलो वर्षा र बाढी पहिरो आएको क्योदो समाचार समितिले जनाएको छ ।
एजेन्सी ।
