लामो विवादपछि येसरी गरियो डिआइजीलाइ एआइजीमा वढुवा
काठमाडौं। करिव ६ घण्टा लगाएर बसेको मन्त्रिपरिषद वैठकले ९ डिआइजीको एआइजीमा वढुवा गरेको छ। लामो समयदेखि डिआइजी वढुवा विवादकै कारण रोकिएको थियो। सरकारले डिआइजीहरु राजेन्द्रसिहं भण्डारी, सुरेन्द्र शाह, विज्ञानराज शर्मा, देवेन्द्रवावु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, प्रतापसिंह थापा, केदार साउद, गणेश राई र नारायण वस्ताकोटी एआइजीमा वढुवा भएका छन्।
मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका ७ र पुनरावलोकन समितिले नाम संशोधन गरी सच्याएको थप २ जनालाई समेत वढुवा गरेको हो। बज्राचार्य र साउदलाई बढुवा समितिले सिफारिस गरेको थियो। पुनरावलोकन समितिले भने राई र बस्ताकोटीको नाम सिफारिस गरेको थियो । डिआइजी यादव अधिकारीलाई भने सरकारले वढुवा गरेन। प्रहरी संगठनमा उनको वढुवा अपेक्षित थियो।
प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो ४ बजेदेखि बसेको वैठक – See more at: http://www.hamrakura.com/163259.html#sthash.mk7lQZlp.wYFIdErB.dpuf
प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो ४ बजेदेखि बसेको वैठक – See more at: http://www.hamrakura.com/163259.html#sthash.mk7lQZlp.wYFIdErB.dpuf
त्यसैगरि बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामु सचिवमा प्रेमकुमार राई, अर्थ मन्त्रालयका सचिवमा सुमनकुमार शर्मा, उद्योग मन्त्रालयका सचिवमा उत्तम भट्टराई, जल तथा ऊर्जा आयोगको कामु सचिवमा ईश्वरी पौडेल, नेपाल ट्रस्टको कार्यालयका सचिवमा नरबहादुर रजवार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिवमा रञ्जन लाकौललाई लगेको छ ।
यसैगरी महिला, बालबलिका तथा समाजकल्याण मन्त्रालयका सचिवमा धनबहादुर तामाङ, युवा तथा खेलकुद मन्त्रालयका सचिवमा दीपेन्द्रनाथ शर्मा, राष्ट्रपतिको कार्यालयका सचिवमा अनुप उपाध्याय र राष्ट्रिय योजना आयोग सचिवालयका सचिवमा शारदाप्रसाद त्रिताललाई तोकिएको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रका कामु सचिवमा रमेशकुमार शर्मा, राष्ट्रिय सूचना आयोगका कामु सचिवमा जीवनप्रभा लामा, लोकसेवा आयोगका सचिवमा विष्णुप्रसाद लम्साल, वन तथा भूसंरक्षण मन्त्रालयका सचिवमा शरदचन्द्र पौडेल, शान्ति तथा पुनःनिर्माण मन्त्राललका कामु सचिवमा खुमराज पुञ्जाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवमा सुरेशमान श्रेष्ठ रहनुभएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवमा सोमलाल सुवेदी, सहकारी तथा गरिबी निवारणका सचिवमा श्रीधर गौतम, सहरी विकास मन्त्रालयका सचिवमा अर्जुनबहादुर कार्की, सार्वजनिक खरिद अनुगमन कार्यालयका कामु सचिवमा टङ्कमणि शर्मा, सूचना तथा सञ्चार मन्त्रालयका कामु सचिवमा सुनिलबहादुर मल्ल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा शान्तबहादुर श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा अन्नपूर्णा दास, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा दिनेश थपलिया र मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका कामु प्रमुखमा विजयकुमार मल्लिकलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा रामप्रसाद धिताल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिवमा प्रसन्नकुमार कोइराला, स्वास्थ्य मन्त्रालयको १२औँ तहको विशिष्ट श्रेणी सरहको तहमा डा विमल ढकाल, सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्षमा प्रा डा रामवृक्ष साहु र नेपाल खानेपानी संस्थानका अध्यक्षमा परमेश्वर पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मुलुकभर बाढीपहिरामा परेका जनताको राहत उद्धारका लागि सम्पूर्ण सुरक्षा निकायलाई चौबिसै घन्टा तम्तयार रहनाका लागि निर्देशन गरेको छ । साथै सिन्धुपाल्चोक पहिरोपीडित जनताको राहतका लागि प्रधानमन्त्री दैवी राहत कोषमा सबै मन्त्रीको पन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको जानकारी प्रवक्ता डा रिजालले दिनुभयो ।
- See more at: http://www.hamrakura.com
