बिपासालाइ ठुलो झट्का निर्देशक सजिद खानसँग काम नगर्ने !

एजेन्सी ।

बलिउड नायिका बिपासा बसुले अब आफू कहिल्यै पनि निर्देशक सजिद खानसँग काम नगर्ने घोषणा गरेकी छन् ।bipasa-basu-hd-smile

उनी केही समयअघि प्रदर्शन भएको साजिदको फिल्म हम सकलका ६ मुख्य पात्रमध्ये एक थिइन् । तीमध्ये सबैभन्दा छोटो रोल विपासाको थियो ।

‘फिल्म हेरेपछि मलाई यस्तथो रद्दी फिल्म किन खेलेंछु, भनेर पछुतो भयो, ’ बिपासाको भनाई छ, ‘त्यसैलेमन लगाएर पब्लिसिटीमा उत्रनै मन लागेन । फिल्म पनि साफ भयो ।’

बिपासा आफूलाई हम सकलका निर्माता बासु र फक्स स्टार स्टुडियोप्रति कुनै गुनासो नभएको तर निर्देशक साजिदप्रति भने मन मरेको बताउँछिन ।

‘निर्माताले फिल्म बनाउन निकै पैसा खर्च गरेका छन् । म त्यसको सम्मान गर्छु । तर फिल्म झुर भएकोले राम्रो बोलेर दर्शकलाई झुक्याउन मनाई मन लागेन । त्यही भएर पब्लिसिटीमा लागिनँ ।’

, , ,

news and entertainment