मीनेन्द्र रिजाल र विमलेन्द्र निधिसँग खिचिएको फोटो देखाएर फूर्ति लगाउँदै यी सुन्दरी

१ भदौं, काठमाडौं ।



आफू न फिल्म निर्माता, निर्देशक र कलाकार तैपनि एकजना मन्त्रीको सुमिना घिमिरे नामक हिरोइनसँग बाक्लदो टेलिफोन संवाद र उठबस तथा नुवाकोटसँग नाता गाँसिएका काँग्रेसी अर्का युवा नेताको अभिनेत्री प्रियंका कार्कीसंग पूजापाठ मन्दिरयात्राले दुवैतिरको परिवारमा तनाव निम्त्याएको छ ।
sumina-ghimire

अभिनेता श्रीकृष्ण श्रेष्ठको शवयात्रामा जाँदा र आउँदा मन्त्रीले झरना थापालाई आफ्नो गाडीमा राखेपछि शव राखिएको गाडीबाट अभिनेत्री सुमिना लडेकी थिइन् । उनी साथीभाइको जमघटमा यी दाजुले फोन गर्नुभो भन्दै बखान गरिरहन्छिन् ।


अर्की अभिनेत्री जेनी कुँवरले पनि ठाउँ कुठाउँ ती मन्त्रीको नाम बेचिरहेकी हुन्छिन् । एसएसपी भोगबहादुर थापाले आइतबार चुन्देवीस्थित आफ्नो घरमा आयोजना गरेको तिजको दर खाने पार्टीमा उनी मीनेन्द्र रिजाल र विमलेन्द्र निधिसँग मोबाइलमा खिचिएको फोटो देखाएर फूर्ति लगाउँदै थिइन । यिनलाई मैले जे भन्दा पनि हुन्छ । आजको जन आस्था साप्ताहिकमा खबर छ ।

, ,

news and entertainment