भारतीय अभिनेता अनुपम खेर काठमाडौमा

भारतीय अभिनेता अनुपम खेर त्रिभुवन अन्‍तराष्ट्रिय विमानस्थलमा। (तस्बीर: रजेन्द्र केसी)  भारतीय अभिनेता अनुपम खेर त्रिभुवन अन्‍तराष्ट्रिय विमानस्थलमा। (तस्बीर: रजेन्द्र केसी)
काठमाडौं: भारतीय चलचित्र क्षेत्रका अभिनेता, चलचित्र निर्माता तथा निर्देशक अनुपम खेर काठमाडौं आएका छन्। कोसेली फाउन्डेसनले गर्ने च्यारिटी कार्यक्रममा सहभागी हुन अभिनेता खेर मध्‍यानह्‍न काठमाडौं ओर्लिएका हुन। भारतीय अभिनेता अनुपम खेर त्रिभुवन अन्‍तराष्ट्रिय विमानस्थलमा। (तस्बीर: रजेन्द्र केसी)

खेरले राजधानीको शान्तिनगरमा रहेको कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी तथा मजदुरका १ सय २० बढी बालबालिकाहरुको अध्ययनमा सहयोग पुर्‍याउन आफ्नो दमदार प्रस्तुती दिनेछन्। हालै मात्र भारतीय कलर्स टेलिभिजन मार्फत आफ्नो 'शो' लिएर दर्शकसामु देखा परेका अनुपमले राजधानीको सुन्‍धारास्थित आर्मी अफिसर्स क्‍लबमा करीब दुई घण्टाको आफ्नो एकल प्रस्तुति दिनेछन्। उक्त प्रस्तुतिमा खेरले बलिउड क्षेत्रमा आफ्नो करियरको उतार चढाबका बारेमा दर्शकसामु बाड्‍नेछन्।

खेरको शोमा सहभागिता हुनका लागि आयोजकले सहयोग स्वरुप भन्दै भिआइपी टिकटलाई ८ हजार, गोल्डेन टिकेटलाई ५ हजार, सिल्भर टिकेटलाई ३ हजार र ब्रन्ज टिकटलाई १ हजार ५ सय रुपैँया तोकिएको छ।यसअघि कोसेली फाउन्डेसनले अनुपम नेपाल आउने पत्रकार सम्‍मेलन मार्पत जानकारी दिएको थियो।

/annapurnapost.com

, ,

news and entertainment