‘राते काइँला’को ‘मेरी कोम’ले हाइट बढायो
शुक्रबार देखि प्रदशनमा आएको हिन्दि फिल्म ‘मेरी कोम’ का एक मुख्य पात्र जो नेपाली चलचित्र उद्योगका एक खम्बा हुन् । सुनिल थापालाई प्राय दर्शकले भिलेनको रुपमा चिन्दै आएका छन् । नेपाली चलचित्र उद्योगमा उनको हाइट जति छ त्यसमा ‘मेरी कोम’ले अझ उनको हाइट बढाएको छ । बलिउड फिल्ममा मुख्य कलाकारको रुपमा प्रियंका चोपडा संग उनले काम गरेका छन् । कलिउड स्टारको बलिउड फिल्म भएकाले पनि नेपालमा फिल्मले नेपाली फिल्मले भन्दा राम्रो ब्यापर गरेको खबर प्राप्त भएको छ । फिल्मको प्रचार सामग्रीमा पनि सुनिल थापालाई हाइलाइट गरिएको छ । जसको कारण नेपालमा फिल्मको ब्यापार बढेको हो । नेपालमा मात्र नभएर देश विदेशमा समेत थापाले उक्त फिल्ममा गरेको कामको प्रशंसा गरिएको छ । भारतीय संचार माध्यमले पनि सुनिल थापाको कामको प्रशंसा गरेका छन् ।
