लिबियामा सय भन्दा नेपाली सम्पर्कविहिन

द्धन्द्धग्रस्त लिवियाबाट आफ्ना नागरिक उद्धार गनै भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्सलगातकाले सक्रिय देखाएपनि नेपाल भने अझै अनिर्णयमै छ । त्यहाँ सय भन्दा बढी नेपाली सम्पर्कविहिन छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
उत्तर अफ्रिकी मुलुक लिवियामा द्धन्द्ध चर्किएपछि पछिल्लो साता मात्रै भारतले चार्टड विमानबाट १ हजार भन्दा बढी नर्स लगायतका कामदार घर फर्काइसकेको छ । लिवियाको राजधानी त्रिपोलीसहित सबै भागमा हवाइ सेवा अवरुघ भएका कारण विभिन्न १० देशले आफ्नै पहलमा नागरिकको उद्धार गरेका हुन् । त्यहाँ अन्त्रर्राष्ट्रिय आप्रवासन संगठन छैन् ।
हामीले त्रिपोलीस्थित भारतीय दूतावासलाई पनि अनुरोध गर्यौं त्रिपोलीबाट ६ सय किलोमिटर दुरीको सिर्तेस्थित कम्पनी बन्द भएपछि सुरक्षित क्याम्प खोज्दै हिँडेका सुनसरीका गोपल धमलाले फोनमा भने, तर नेपाल सरकारले नेपालीको उछारका लागि समन्वय गर्न भारतलाई अनुरोध नगरेका कारण सहयोग पाउन सकेका छैनौ ।

,

news and entertainment