खाडी मुलुकमा काम लगाइदिने भन्दै दलालले यसरि महिलालाई कोठीमा पुर्‍याउँछन्

काठमाडौं, भाद्र ११ । प्रत्येक वर्ष १२ हजारभन्दा बढी नेपाली महिला तथा बालबालिकाहरु बेचबिखनमा पर्ने परेको तथ्यांक सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा माइती नेपालले बेचबिखनमा पर्ने गरेका महिलाहरुको तथ्यांक सार्वजनिक गरेको हो ।

कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले कम्लहरी प्रथा अन्त्य गर्न सरकारले पहल गरेपनि मानव बेचबिखन रोक्न सरकारी पहल प्रभावकारी हुन नसकेको बताइन् ।

कार्यक्रममा कुवेत, साउदी अरब, ओमान, दुबई, सिरिया लगायत मुलकमा घरेलु काम लगाइदिने भन्दै महिलाहरुलाई दलालले ललाइफकाइ कोठीमा पुर्‍याउने गरेको पीडितहरुले गुनासो गरे ।

श्रम स्वीकृति नलिइ अवैधानिक रुपमा खोलिएको वैदेशिक रोजगार कम्पनीबाट विदेश जाँदा राम्रो कामका लागि भनेर गएरपनि अर्को काममा आफूहरुलाई लगाउने गर्दा थप समस्या झेल्नु परेको पीडिहरु बताउँछन् ।

माइती नेपालले लामो समयदेखि भारतीय संघ–संस्था एवं प्रहरीको समन्वयमा बेचिएका महिलाहरुको उद्धार गर्दै आएको छ ।

, ,

news and entertainment