सिटिभी मोबाईलले दशैंतिहारमा अफर अन्तर्गतको पहिलो सुनको सिक्का किहुँ गाबिस ३ तनहुँका ध्रुबराज सिग्देलले पाएका छन् । सिग्देलले न्युरोडको ताम्रकार कम्प्लेक्सस्थित सिटिभी मोबाइलको पसल नं १२ बाट माइक्रोम्याक्सको मोबाइल खरिद गरेका थिए ।
धेरै पसलमा अफर राख्ने गरेको र आफुले अफरका लागि मोबाइल खरिद नगरेको तर सुनको सिक्का पर्दा खुशीको सीमा नरहेको सिग्देलले बताए ।
सिटिभीले असोज १ गतेबाट दिपावलीसम्मका लागि ल्याएको दशैंतिहार उपहार-सदाबहार योजनाअन्तर्गत अफ्ना आउटलेटबाट कुनैपनि मोबाइलको खरिदमा भित्ते घडी, टर्चलाइट, मोबाइल सेट, टिसर्ट, सुनचाँदिको सिक्कासम्म पाइन्छ ।
साथै, यस योजनाअन्तर्गत सयौंले खालीहात नजाने उपहार प्राप्त गरिसकेको सिटिभि मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
यो योजना अन्तर्गत उपभोक्ताहरुले ताम्राकार कम्प्लेक्सको पसल नं १२,१३ र ३३ तथा चाबहिल स्थित केएलटावरको पसल नं एफ २८ मा रहेको सिटिभी मोबाइलका आउटलेटमा यो ब्यबस्था गरिएको ग्लाइडरले बताए ।
पछि पर्नसक्ने ठुला ठुला लक्कि ड्र भन्दा ग्राहकहरु प्रत्यक्ष प्राप्त गर्ने छुट तथा हात खाली नजाने उपहारमा बिश्वास गर्ने भएकोले यसपटक सिटिभिले यस्तो योजना ल्याएको सिटिभीका मार्केटिङ मेनेजर समा श्रेष्ठले जानकारी दिइन ।
अन्य थुप्रै सुन तथा चाँदीका सिक्का बाँकी रहेकोले यसबाट लाभान्बित हुन खरिदकर्तालाई श्रेष्ठले अनुरोध गरिन । यो उपहार योजनाको साथै पुरानो मोबाइलहरुको एक्सचेन्ज अफरलाई भने कायमै राखेको छ ।
सिटिभीको सुनको सिक्का सिग्देललाई
news and entertainment
