हिमाल चढ्न गएका जापानी आरोहीको लडेर मृत्यु
गोरखामा रहेका विश्वकै छैटौं अग्लो मनाश्लु हिमाल आरोहण गर्न गएका एक जापानी आरोहीको मृत्यु भएको छ ।
विश्वको अग्लो हिमाल मध्य चढ्न जोखिम भएको कारणले किलर माउण्टेन भन्ने गरिएको मनास्लु हिमाल आरोहणको क्रममा लडेर शुक्रबार ५५ बर्षीय जापानी आरोही यासुमासा सासाकीको मृत्यु भएको हो।
हिमाल आरोहणको लागि गएका यासुमासा सासाकी आरोहण गर्न नसकेपछि फर्कने क्रममा चौथो क्याम्पबाट झर्दै गर्दा लडेर मृत्यु भएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
मृतक आरोहीको शव शनिबार बेस क्याम्पमा ल्याइएको छ भने आइतबार सामागाउँमा ल्याएपछि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिने पर्यटन मन्त्रालयले जनाएको छ ।
