भ्रष्टाचारी ठहरिएकी जयललितालाई चार वर्ष जेल र १ अर्ब जरिवाना
भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललितालाई बैंङगोरको एक विशेष अदालतले अकूत सम्पक्ति कमाएको भन्दै परेको मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष जेल एक अर्ब रुपैया जरिवाना तिराउने भएको छ ।
भ्रष्टाचारी ठहरिएसँगै अब तेस्रो पटक तमिलनाडुकी मुख्यमन्त्री बनेकी उनी स्वत मुख्यमन्त्री र विधानसभा सदस्यबाट बर्खास्त हुनेछिन् ।
१८ वर्षअघि दायर गरिएको यो मुद्दामा साथी शशीकला, धर्मपुत्र सुधानकरन र शशीकलाकी भान्जीसमेत दोषी ठहर भएका छन् । उनीहरुलाई पनि ४–४ वर्षको जेल सजाय सुनाइएको छ । भारतको तल्लो सदन लोकसभामा उनको पार्टीका ३७ सदस्य रहेका छन् ।
उनले यसअघि पनि भ्रष्टाचारको मुद्दा लागेपछि राजिनामा दिएकी थिइन् । सन् १९९१ मा मुख्यमन्त्री बनेपछि जयललिताले तीन करोड सम्पत्ति देखाएकी थिइन् ।
तर, उनको सम्पत्ति ६६.६ करोड भएको मुद्दा परेको थियो