असल ज्वाइँ र असल बुहारीलाई सम्मान



 झापाको दमकस्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानले सासू आमा पाल्ने असल ज्वाइँ र असल बुहारीलाई सम्मान गरेको छ ।

दमक- १० स्थित प्रतिष्ठानको आफ्नै कार्यालयमा शनिबार एक कार्यक्रम गरी एक-एक जना ज्वाइँ र बुहारीलाई सम्मान गरेको हो । आफ्नै आमासरह माया दिएर सासू गङ्गामाया खतिवडालाई पाल्ने कोहवरा-७ का देवीभक्त न्यौपानेलाई सम्मान गरिएको छ ।

यस्तै सासू आमा पाल्ने असल बुहारी दमक-८ की हिमा दाहाललाई पनि कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय दमकका प्रमुख वासु कोइरालाले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

प्रतिष्ठानले आफ्नो ११ अाैं वाषिर्क साधारणसभा तथा २४ अाैं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धरमपुर-८ का एक सय एक वर्षका लीलाबल्भव गजुरेललाई पनि सम्मान गरेको अध्यक्ष सीताराम खतिवडाले जानकारी दिए । रासस


news and entertainment