सानै उमेरमै प्रेनाको मोडलिङ व्यस्तता




सुमन घिमिरे, उर्लाबारी, झापा अनारमनी नगरपालिका ६ घर भएकी प्रेना उप्रेती सानै उमेरदेखि नै मोडलिङ क्षेत्रमा ब्यस्त बनेकी छन् । हाल कक्षा नौमा अध्यनरत प्रेना भन्छिन् – 'मेरो ममीको मलाई मोडल बनाउने सपना थियो । तर मोटरसाईकल दुर्घटनामा आफ्नो ममीको निधन भएपछि प्रेनाले मोडलिङ क्षेत्रलाई नै सानै उमेरदेखि सुरु गरेकी हुन् । उनी भन्छिन् – म पढाई र मोडलिङलाई सँगसँगै लैजान्छु । आफ्नै इच्छा र ममीको सपनाका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेको बताउँने उनी लिटिल किङ्स एण्ड क्विन प्रोग्राममा टप फाईभसम्म पुगेपछि यस क्षेत्रमा लाग्न थप प्ररेणा मिलेको बताउँछिन् ।

करिब डेढ बर्षअघिदेखि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी प्रेनाले अहिलेसम्म विभिन्न फेसन सोका साथै चाँडै नै प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र त्यो दिनमा समेत अभिनय गरिसकेकी छन् । अहिले उनी एउटा म्युजिक भिडियो खेल्नमा व्यस्त छिन् भने चाँडै नै एउटा ठूलो पर्दाको चलचित्रमा समेत अभिनय गर्न लागेको उनले बताईन् । छोटो लुगा लगाउने मात्र मोडल नहुने भन्दै लामो लुगा लगाएर पनि मोडलिङ क्षेत्रमा लाग्न सकिने उनको तर्क छ । अहिलेसम्म कसैको पनि प्रेममा नपरेकी बताउने उनले आफ्नो पढाई र करियर सकेर मात्र त्यो विषयमा सोच्ने बताउँछिन् ।

,

news and entertainment