फेसबुक र ट्वीटरले कलाकारको इज्जत घट्दैछः करिना


अभिनेत्री करिना कपुरले  सामाजिक सञ्जालमा गरिएको बहस कलाकर्मीका लागि कामयबी नभएको बताएकी छिन् ।
एक सेम्पुको प्रचार प्रशारका लागि मिडियासामु प्रस्तुत भएकी करिनाले हरेक मान्छेले हरेक विषयमा फेसबुक र ट्वीटरमा बहस गरिहेको धारणा राख्दै भनिन् ‘प्रेमदेखि युद्धका विषयमा समेत सामाजिक सञ्जालमा बहस गर्न जरुरी छैन ।’
कतिपय कलाकारले मिडियामा आएका कुरा चित्त नबुझ्दा पनि सामाजिक सञ्जालमै कुण्ठा पोखेको भन्दै त्यसो नगर्नर् आग्रह गरिन ‘आफुलाई केही कुरा चित्त बुझेन भने फोन गरेर भन्दा भैहाल्छ नि । किन ट्वीटरमै लेख्नुपर्‍यो ?’ उनले प्रश्न गरिन् ।
कलाकारको इज्जत घट्दैछ
पछिल्लो समय विभिन्न सामाजिक सञ्लालमा पोष्ट भएका टिप्पणीकै कारण कलाकारको इज्जत घटेको अनुभव गरेकी छिन् उनले । ‘अचेल हाम्रा कलाकारहरु फोनमा हैन ट्वीटर र फेशबुकमा कुरा गर्न थालका छन् । जुनकुरा राम्रो होइन ।’ उनले भनिन् ।
करिनाले बिबाह अघि नै सैफअलि खानसँग टशन, कुर्बान र एजेन्ट बिनोद जस्ता फिल्ममा काम गरिन् । तीनै फिल्म असफल भए । उनले भनेकी छिन् ‘म सैफसँग कुनै पनि फिल्म खेल्दिन ।’

,

news and entertainment