प्रेम जोडी भन्छ, ‘दिन ढलोस रात वितोस साथ नछुटोस्’

गायक बिजेश पौडेलले आफ्नो तेस्रो एकल एल्बम बजारमा ल्याएका छन् । वि.सं २०६१ सालदेखि सांगितीक क्षेत्रमा क्रियाशील पौडेलले सलोनी र मनको पाना पछि मेरो गीत ल्याएका हुन् । उक्त एल्बममा समेटिएका ५ मध्ये तीन गीतमा बिजेशको शब्द, संगीत र स्वर रहेको छ भने २ गीतमा योगेन्द्रमणि दाहाल र भुपेन्द्र खड्काले शब्द तथा संगीतमा राजु सिँहले साथ दिएका छन् । एक कार्यक्रमकाबीच एल्बममा समाबेश गरिएको ‘दिन ढलोस्’ बोलको गीतको भने भिडियो समेत सार्वजनिक गरिएको थियो

,

news and entertainment