‘डेटिङ’ मा युवतीलाई प्रभावित पार्न यी तरीका अपनाउनुस्



 तपाईं कुनै युवतीसँग ‘डेटिङ’ मा जाँदै हुनुहुन्छ भने तपाईंले युवतीलाई प्रभावित पार्न  केहि न केहि रचनात्मक कामहरु गर्नै पर्ने हुन्छ । तपाईंको रचनात्मक कामबाट नै युवतीहरु तपाईंसँग नजिकिनेछन् ।

त्यसका लागि तपाईंले हामीले भने अनुसार गर्नुभयो भने तपाईंको प्रेम सफल हुनेछ । साना साना कुरामा ख्याल राख्नुहोस् । जस्तै, गाडीको ढोका खोल्ने, पहिला प्रेमिकालाई ओर्लन दिने काम गर्नुभयो भने युवती फुरुंग पर्छन् ।

तपाईंले युवतीसँग केहि दुरी राख्न सिक्नुहोस् । उनलाई हेरेक पटक छुने प्रयत्न नगर्नुस । यी कुरा उनलाई मन नपर्न सक्छन् । भेटको पहिलो दिनमै तपाईंले यस्ता हर्कत गर्नुभयो भने उनी झन् टाढा हुनेछिन् ।

होटलको खाने टेवलमा बैठक बसेको जसरी कुरा नगर्नुहोस् । खानामा पनि निकै ध्यान दिनुहोस । युवतीले भन्दा चाँडो नखानुस् । मुखमा खाना राखेर कुरा नगर्नुस् । खानाको अर्डर लिँदा युवतीको राय पनि लिने गर्नुहोस् । उनको अर्डरलाई पनि सम्मान गर्नुहोस् । हल्का हाँसीमजाक गर्नुहोस् । ज्यादा भए तपाईं जोक्कर हुनुहुन्छ ।

युवतीको रुची र अरुचिका विषयमा कुरा गर्नुहोस् । उनको चाहनाका बारेमा जानकारी लिनुहोस् । सकेसम्म डेटिङको समयमा आइफोन, प्याड, ल्यापटप नचलाउनुहोस् । युवतीलाई तपाईंले यस्ता चिज चलाउँदा दिक्दार लाग्न सक्छ या उनले डेटिङलाई झुर सम्मेलनको संज्ञा दिन सक्छीन् ।

डेटिङका बेला युवतीलाई कुन कुन स्थानमा घुम्न मनपर्छ सोध्नुहोस । अघिल्लो पटकको डेट कस्तो भएको थियो पनि सोध्नुहोस् । जस्ले गर्दा थप रोमान्चकता थप्छ भने समबन्धलाई पनि थप मजबुत बनाउँछ । बस्, तपाईं यती गर्नुहोस् । तपाईंको प्रमिका सधैंभरी तपाईं सँगै ।
www.nepalsandesh.com

,

news and entertainment