प्रचण्डले भने,‘पृथ्वीनारायाण शाहको एकीकरण अभियान ठिक’
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पृथ्वीनारायण शाहको मुलुक एकीकरण अभियान ठिक भएको बताएका छन् ।
संयुक्त राष्ट्रिय मोर्चाको ‘नयाँ राष्ट्रिय एकीकरण’ नामक त्रैमासिक पत्रिका विमोचन गर्दै प्रचण्डले शाहको एकीकरण प्रयास समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले ठिक भएको बताए । पहिलो पटक प्रचण्डले शाहको एकीकरण अभियान सही र बस्तुपरक भएको भन्दै सार्वजनिक रुपमा अभिब्यक्ति दिएका हुन् ।तर बदलिँदो समयमा मुलुकलाई नयाँ तरिकाले एकीकरणको दिशातर्फ लैजानुपर्नेमा प्रचण्डले जोड दिए,आजको नागरिक दैनिकमा खबर छ ।

.jpg)