क्याट्रिना र ऋतिकको मस्ती
२ अक्टोबरमा रिलिज हुने तयारीमा रहेको ब्याङब्याङ क्याट्रिन कैफको अहिले सम्मकै सबैभन्दा हट अवतार भनिएको छ । यो चलचित्रको पहिलो ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा झनै बढेको छ ।
करिव ३ मिनेटको यो ट्रेलरमा रोमान्स र एक्सनको नयाँ रुप देखाइएको छ । यो ट्रेलरमा एक्शनका साथै ऋतिक र कैटरीनाको लभस्टोरीलाई पनि केमेस्ट्री मिलाएर देखाइएको छ ।
हेर्नुस् भिडियो
ट्रेलरमा देखाइएको स्टन्ट सड़क र पानीमा खिचिएको छ । ऋतिक रोशनले अग्ला भवनबाट भाग्दै गरेको र समुद्रमा उफ्रेर गोली चलाएको समेत देखिन्छ ।
nepaliheadlines.com
