अनिष लिगलिगे राजा घोषित भए
विगत पाँच वर्ष देखी लगातार आयोजना भैरहेको प्रतियोगिता अन्तरगत आज भएको ५ औं लिगलिगे दौड प्रतियोगितामा थापा प्रथम भएर ५० हजार नगद सहित श्रीपेज र यो वर्षको लिगेलिगे राजा घोषित भएका हुन् । लिगलिग कोष विकास अभियानले प्राचिन ईतिहासलाई विश्व सामु देखाउन र पर्यटकलाई लिगलिग सम्म ल्याउने उद्वेश्यका साथ लिगलिग दौड प्रतियोगिता गरीँदै आएको छ ।
परापूर्व कालमा बाइसे चौबिसे राज्य रहेको बेला गोरखाको लिगलिगमा प्रजातान्त्रिक अभ्यासमा बर्षेनी राजा छान्ने प्रचलनको निरन्तरतालाई अभियानले गएको ५ वर्ष देखी नियमीत रुपमा दौड प्रतियोगिता गर्दै आएको छ । दौडमा नेपाल प्रहरीका भूमिराज राईले दोस्रो स्थान हात पारेको छ भने नेपाली सेनाका राजन खत्रीले तेस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै गरी भेट्रान र महिला समावेशी तर्फ सन्तोषी श्रेष्ठ, संगिता खड्का र अनिषा श्रेष्ठले क्रमश प्रथम, द्वितिय र तृतिय स्थान हात पार्न सफल भएका थिए । सहभागी मध्ये खुल्ला तर्फका राई र खत्रीले क्रमश २५ हजार २ सय ५ रुपैयाँ र १० हजार १ सय १ रुपैयाँ प्राप्त गरेका छन ।
त्यस्तै गरी भेट्रान तथा महिला समावेशी तर्फका प्रथम, द्वितिय र तृतियले क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पारेका छन । दौडको एक समारोह विच खेलकुद मन्त्रि पुरुर्षोत्त पौडेलले रिबन काटेर गोरखा, लमजुङ्ग र तनहुँको सिमाना चेपेमा उदघाटन गरेका थिए । चेपे नदीको घाट ढिकीडाँडा, पानीटंकी, छापथोक, बडडाँडा, साउनेपानी हुने बोहोरागाउँ, मैबल, दर्खेपानी, बिजुलीडाँडा, खोल्सी चौतारा हुदै धावकले पुरानो लिगलिग दरबार सम्म पुग्न करिब १५ किलो मिटरको दुरी पार गरेका थिए भने भेट्रान र महिला समावेशी तर्फका हरुले ५ किलो मिटर दुरी बाट दौडीएर लिगलिग कोट पुगेका थिए ।
यो पटक चेपे नदी देखी लिगलिग सम्म दौडमा सहभागी हुने खुल्ला तर्फ १ सय १० जना धावकहरुले सहभागीता जनाएको थियो भने भेट्रान र महिला समावेशी तर्फ १९ जनाको सहभागीता रहेको थियो ।
nepaliheadlines.com
