काली गण्डकीमा खस्यो जीप, चालक सहित १५ जना घाईते
गुल्मीको रुरु गाविसमा जीप दुर्घटना हुँदा चालक सहित १५ जना घाईते भएका छन् । वुटवलवाट गुल्मीको लिम्घा गाविस तर्फ जाँदै गरेको लु १ ज १८३३ नम्वरको जीप विहिवार दिउसो रुरु गाविस अन्तर्गत पुलक्याम नजिकै दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुडीरहेको अवस्थामा सडक माथिवाट ढुंगा खसेको देखेपछि तर्काउँदै सडक छेउवाट लैजाने क्रममा एक सय मिटर तल कालीगण्डकि किनारमा खसेको वताईएको छ ।
घाईतेहरु मध्य चार जनाको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।
