तर असफल भईन हिम्मतवाली



अभिनेत्री, निमात्री रेखाा थापाले आफ्नो फिल्म हिम्मतवाली फूलपातीदेखि प्रदर्शन हुने झ्याली पिटाएकी थिइन् ।

रेखाको योजनाअनुसार आज बुधबारदेखि हिम्मतवाली राजधानी र मोफसलका हलमा एकसाथ प्रदर्शन हुनुपर्ने हो । तर त्यसो भएन ।

सधैं शुक्रबारदेखि मात्रै नयाँ फिल्म प्रदर्शन हुदै आइरहेकोमा रेखाले दशैंको विदा खान बुधबारै अर्थात्  आज फुलपातीमै फिल्म रिलिज गर्ने सुर सकेसी थिइन् ।

तर असफल भइन् । चलचित्र निर्माता संघ र चलचित्र संघबीच २०६० सालमा काठमाडौंमा नयाँ नेपाली फिल्म शुक्रबारका दिनमात्रै रिलिज गर्ने सम्झौता भएको थियो ।

नियम मिचेर बुधबारै हिम्मतवाली रिलिज गर्न लागिएकोमा चलचित्रकर्मीहरुले नै विरोध गरेपछि चलचित्र निर्माता संघले सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी गरेको थियो ।
nepaliheadlines.com

,

news and entertainment