दसैँ–तिहारमा मदिरा बिक्री बन्द गर्ने सहमति

 
wine bar


दसैँ र तिहारमा कञ्चनपुरमा दुई दिन मदिरा बिक्रीवितरण पूर्ण रुपले बन्द गर्ने भएको छ ।
दसैँ र तिहारमा मदिरा सेवनकै कारण हुन सक्ने अप्रिय घटना रोकथामका लागि स्थानीय प्रशासनले दसैँको टीका र तिहारको भाइटीकाका दिन १२–१२ घण्टा मदिरा कारोबार बन्द गर्ने सहमति गरेको हो ।
स्थानीय प्रशासनको उक्त निर्णयमा सम्बन्धित निकाय होटल व्यवसायी सङ्घ कञ्चनपुर र उद्योग वाणिज्य सङ्घले पनि सहमति जनाएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेको पहलमा सो दुई दिन मदिरा बिक्रीवितरण बन्द गर्ने सहमत भएको मदिरा नियन्त्रण अनुगमन समितिकी अध्यक्ष भवगती थापाले जानकारी दिए ।
“गाउँमा त धान, गहुँ बेचेर पनि चाडपर्वमा रक्सी खानैपर्छ भन्ने संस्कार जस्तै छ”– उहाँले भन्नुभयो–“मदिरा नियन्त्रणका लागि गाउँघरमा बिक्री गर्न नै इजाजत बन्द गरिएको छ ।”
त्यसैगरी जिल्ला प्रहरी कार्यालयले पनि अवैध मदिरा नियन्त्रणका लागि सुरक्षा निकाय लागिपरेको जनाएको छ ।

,

news and entertainment