कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै


 उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
परिषद्ले वैशाख १९ देखि ३० गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने तयारी गरेको हो
उच्च माध्यामिक परिषद् निकट स्रोतका अनुसार नतिजा सार्वजनिक गर्नेको लागि सम्पूर्ण तयारी पूरा भएको र नतिजा सार्वजनिक गर्नको लागि दिउँसो बोर्ड बैठक बोलाइएको छ । ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ, अव नतिजा सार्वजनिकको क्रममा कुनै प्राविधिक समस्या नआए बेलुकासम्ममा नतिजा सार्वजनिक हुनेछ’, स्रोतले रातोपाटीसँग भन्यो ।
यसअघि नै विज्ञान विषयको नतिजा सार्वजनिक गरिसकेको परिसद्ले आज वाणिज्य, शिक्षा र मानविकि संकायको नतिजा सार्वजनिक गर्न लागेको हो ।
विभिन्न कारण देखाउँदै परिषद्ने नतिजा सार्वजनिक गर्नमा ढिलाई गर्दै आएको थियो । जेठमा २५ दिन उच्चमाध्यमिक शिक्षक संघ –हिस्टान)को तालाबन्दीले उत्तरपुस्तिका परीक्षण गर्न नपाएका कारण नतिजा सार्वजनिकमा ढिलाई भएको परिषद्को दाबी छ तर परिषदका केही कर्मचारीले भने नियमअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशित गर्नुपर्ने भएपनि परीक्षा नियन्त्रक दुर्गा अर्यालको लापरबाहीका कारण नतिजा प्रकाशनमा ढिलाई भएको आरोप लगाउँदै आएक छन् ।
हिस्टानले उत्तरपुस्तिका परीक्षण कक्षको अगाडिको ढोकामा तालाबन्दी गरेपनि परिषद्ले पछाडिको ढोका खोलेर उत्तरपुस्तिका परीक्षणको व्यबस्था मिलाएकाले तालाबन्दीले उत्तरपुस्तिका परीक्षणलाई असर नगरेको ती कर्मचारीको दाबी छ ।
परीक्षामा तीन लाख ८१ हजार ३२२ परीक्षार्थीले परीक्षा दिएका थिए ।
नतिजा सार्वजनिक भएपछि यहाँबाट हेर्न सकिनेछ  ।


,

news and entertainment