डाक्टरले नर्स बिहे गर्छन्, मैले शिल्पालाई किन नहुने ?’



उसो त निर्माता छविराज ओझा आफ्नो सिनेमा चलाउन हिरोइनसँगको अफेयरको हल्ला चलाउन सिपालु छन् । चाहे रेखा थापा हुन् या रजनी केसी अथवा अहिलेकी नयाँ हिरोइन शिल्पा पोख्रेल नै किन नहुन् ।
चलचित्र ‘लज्जा’बाट सिने नगरीमा छविले भित्राएकी शिल्पासँग उनले बिहे गर्ने चर्चाले यतिबेला बजार गर्माएको छ ।
शिल्पाले आफूलाई प्रपोज गरे हाम फालेर जान्छु भन्दै छविले मिडियामा बोल्न थालेपछि यस बारेमा विभिन्नखालका टिप्पणी सुरु भएका छन् ।
छविले ‘पर्खिए भन्न सक्दिन’ भन्दै शिल्पाले पनि हरियो बत्ती बालेपछि उनका बारेमा नकारात्मक टिप्पणी गर्नेहरु पनि छन् ।
चौथो बिहेको तयारीमा लागेका निर्माता छविराज ओझाले यस बिषयमा अनलाइनखबरसँग भने-‘हरेक क्षेत्रमा महिला र पुरुषको आकर्षण हुन्छ । डाक्टरले नर्ससँग, पाइलटले एयर होस्टेजसँग बिहे गरेका छन् । मैले पनि त हिरोइनसँग बिहे गर्ने हो नि ?’
उनले हरिवंश आचार्य, मोतिलाल बोहराको उदाहरण दिँदै भने-‘म त अझै पनि बिहे गर्ने उमेरमा नै छु । गर्दा के हुन्छ त ?’
कात्तिक ७ गतेबाट छविको ‘लज्जा’ सार्वजनिक प्रदर्शनमा आउँदैछ । उनले यसका लागि शिल्पालाई हतियार बनाएर चर्चा कमाउन खोजेको भन्नेहरु पनि छन् ।
भविश्यकाे कुरा गरेकाे हाे
अनलाइनखबरसँग कुरा गर्दै अाेझाले भने, ‘मैले भविश्यकाे कुराे गरेकाे हाे, एउटै फिल्डमा सँगै काम गरेकाे मान्छेसँग सहकार्य हुँदै जाँदा विवाह हुन सक्छ भनेर उदाहरण मात्रै पेश गरेकाे हुँ, शिल्पालार्इ बिहे गर्छु भनेकाे हाेइन ।

,

news and entertainment