३ अर्ब पुगे इन्टरनेटका प्रयोगकर्ता


विश्वमा इन्टरनेट प्रयोग गर्नेको संख्या करिब ३ अर्ब पुगेको छ । इन्टरनेट प्रयोगकर्ताको हिसाबले नेपाल ७९ औं स्थानमा रहेको छ । अनलाइनसम्बन्धी तथ्याङ्क तथा सूचना प्रदान गर्ने इन्टरनेट लाइभ स्टाटसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता ३४ लाख ११ हजार ९ सय ४८ रहेका छन् ।
लाइभ स्टाटसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीन पहिलो नम्बरमा परेको छ भने अन्तिममा नियू परको छ । सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने मुलुकमा रहेको चीनमा इन्टरनेट प्रयोगकर्ताको वार्षीक बृद्धिदर ४ प्रतिशत रहेको छ । जसले विश्वमा इन्टरनेट प्रयोगकर्ताको २१ दशमलव ९७ प्रतिशत स्थान ओगटेको छ ।
नेपालको जनसंख्याको हिसाबले इन्टरनेट प्रयोगकर्ताको प्रतिशत १२ दशमलव १३ रहेको छ । प्रतिवर्ष ९ प्रतिशतले इन्टरनेट प्रयोगकर्ता बढ्ने गरेका छन् । यस्तै, नेपालका इन्टरनेट प्रयोगकर्ताको तथ्याङ्कअनुसार विश्वमा इन्टरनेट प्रयोग गर्नेको सुन्य दशमलव १२ प्रतिशत ओगटेको छ ।
चीनको जनसंख्याको हिसाबले ४६ दशमलव सुन्य ३ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेका छन् । सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने मुलुक चीनमा ६४ करोड १६ लाख १ हजार ७० जना प्रयोगकर्ता छन् भने कम प्रयोग हुने मुलक नियूमा ६ सय १७ जनाले मात्रै इन्टरनेट प्रयोग गरेका छन् । यस्तै दोश्रो स्थानमा रहेको अमेरिकामा २७ करोड ९८ लाख ३४ हजार २ सय ३२ जनाले इन्टरनेट प्रयोग गर्छन् ।
अमेरिकाको जनसंख्याको ८६ दशमलव ७५ प्रतिशतले इन्टरनेट प्रयोग गर्छन् भने यो विश्वको इन्टरनेट प्रयोगकर्तामा ९ दशमलव ५८ प्रतिशत हो । यस्तै तेस्रो स्थानमा रहेको भारतमा २४ करोड ३१ लाख ९८ हजार ९ सय २२ जनाले इन्टरनेट प्रयोग गर्ने गरेको तथ्याङ्क छ

,

news and entertainment