लमजुङमा धारिलो हतियार प्रहार गरि एकै परिवारका चारको विभत्स हत्या


लमजुङको भोटेओडार गाविसमा गएराति एकै परिवारका ४ जनाको हत्या गरिएको छ । भेटेओडार गाविस वडा नम्बर ४ रेग्मी गाउँका अर्जुन रेग्मीसहित दुई छोरी र एक नातीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार रेग्मीका १५ वर्षकी छोरी ज्योति घिमिरे, ३५ वर्षकी छोरी रिना रेग्मी घिमिरे, उनका ११ वर्षका छोरा विकास घिमिरेको हत्या गरिएको हो । हत्या कसले र किन गर्‍यो भन्ने केही खुल्न सकेको छैन । घरमा सुतिरहेको अवस्थामा हत्या गरिएको बताइएको छ ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरोअन्तर्गत् कास्कीको पोखरा ईकाइबाट खटिएको टोली अहिले भोटेओडार गएको गएको छ । दसैंको रमझममा एकै परिवारका ४ जनाको हत्या भएपछि भोटेओडारको रेग्मी गाउँ शोकमा डुबेको छ
imagekhabar.com

,

news and entertainment