इन्डोनेसियामा डुङ्गा दुर्घटना चौधको मृत्यु
दुर्घटनामा अझै १२ व्यक्ति बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् । सो दुर्घटना स्थानीय समयाअनुसार आइतबार बिहान ८.३० बजे भएको थियो ।
तीन मिटर भन्दा बढी गतिमा आएको सामुन्द्रिक छालका कारण सो दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
फलाबिसाहाको उप जिल्लाको जलसतह पार गर्दैगरेको अवस्थामा यो सामुन्द्रिक छाल आएको राष्ट्रिय प्रकोप व्यवस्थापनका प्रवक्ता सुटोपो पूर्वो नुग्रोहोले बताएका छन् ।
नुग्रोहोले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई यस दुर्घटनाबाट १४ व्यक्तिको मृत्यु भएको , १२ बेपत्ता रहेका र नौ व्यक्तिलाई भने जीवितै उद्धार गरिएको बताएका छन् ।
दुर्घटना भएको स्थलमा उद्धारकार्य जारी रहेको पनि उनले जानकारी दिएका छन् । इन्डोनेसियामा सत्र हजार ५०० द्वीप रहेका र त्यहाँ डुङ्गा नै प्रमुख यातायातको साधानको रुपमा रहेको छ ।
ratopati.com
