आलुले लखपति बन्दै किसानहरु
पाँचकाटीयका मन वहादुर औलीको जमिनमा वर्षायाममा मात्र ७० क्विन्टल भन्दा वढी आलु उत्पादन गरी विक्री वितरण गरेका छन । आफुले उत्पादन गरेको आलुको कमाईले दुई छोरा र दुई छोरी प्रमाणपत्र तह देखी स्नातक तह सम्म पढाई रहेको वताउनुहुन्छ । त्यस्त्तै अर्का किसान कर्ण वहादुर थापाको जमिनमा ५० क्विन्टल भन्दा वढी आलु उत्पादन हुने गरेको छ ।
आलु उत्पादन गरी विक्री वितरण गरेको पैसाले नै परिवारको खर्च टार्नुका का साथै सात वटा छोरीहरु पढाउने काम भएको कर्ण भनाई छ । उनका छोरी हरु अहिले कोहीले जागीर नै खादै गरेको उनको भनाई छ ।
उनी विहान देखी वेलुका सम्म आलु संगै लुकाकारी खेल्दै दिन वित्ने गरेको पत्तै नपाउने गरेको बताउँछन् । उनी जस्तै पाँचकाटियाका डिल्ली थापाको आलुको उत्पादन कम छैन । डिल्लीको जमिनवाट वर्षायाममा मात्र ८० क्विीन्टल भन्दा वढी आलु उत्पादन गरी जिल्लाका विभिन्न वजारमा पुग्ने गरेको छ । आलु विक्री गरी आएको पैसाले छोरा प्रेम थापा लाई कक्षा १० मा पढाउदै आएका छन् भने साना ३ वटा वच्चाहरुलाई सदरमुकाम स्थीत वोडिगमा पढाई रहनु भएको छ । मध्यम खालको आलु उत्पादन गदै आएका तेज वहादुर थापाको जमिन वाट ५० क्विीन्टल आलु उत्पादन हुने गरेको छ । उनले े आलुको कमाईवाट छोरी गिता थापालाई आई एस्सी सम्म पढाई सकेका छन् भने अन्य साना वच्चाहरु निजी स्कुलमै पढीरहेका छन । यहाँका करिव १ सय ६० घर धुरी आलु उत्पादन गरेरै राम्रो आम्दानी गर्ने भएपछि अहिले जीवन स्तर नै वदलिएको स्थानिय महेश थापाको भनाई रहेको छ । अहिले प्रति क्विीन्टल ५ हजारमा विक्री भईरहेको छ । जिल्लाका विभिन्न ठाउँ भन्दा सवै भन्दा वढी आलु उत्पादन हुने पाँचकाटिय र दम्दाला नै रहेको कृषि कार्यालयले वताउदै आएको छ ।
यहाँ उत्पादन गरीएको आलु जाजरकोट सदरमुकाम, रुकुमको चौरजहारी,सल्यानको सल्लीवजार,सुर्खेत र नेपालगन्ज सम्म पुग्ने गरेको ढिमे गाविसका पुर्व गाविस अध्यक्ष कर्ण वहादुर थापाले बताए । यातायातको सुविधा भएका कारण यी २ ठाँउमा उत्पादन गरिएको आलु देशमा विभिन्न ठाउँमा लिन सहज भएको जिल्ला कृषि विकास कार्यालयले वताएको छ । यो ठाउँमा वर्षायाममा वढी आलु उत्पादन हुन्छ भने हिउद याममा सुन्तोला राम्रो पाईने गरेको छ । राम्रो सिचाईको सुविधा भएको कारण यहाँका किसानहरु व्यावसायिक आलुखेत्ती तर्फ लागेका हुन ।
मकै वाली भन्दा धेरै फाईदा हुने भएपछि अहिले पुरै जमिनमा आलु लगाएको किसान काँसी थापाले बताए । स्थानिय उत्पादनले राम्रो वजार लिएपछि यहाँका किसानहरु थप व्यावसायिक रुपमा यो पेशा प्रति लाग्न मद्दत पुगेको वताउछन । श्रम अनुसारको कमार्इृ भएपछि यी दुई गाउँका किसानहरुका छोरी,छोरीहरु अहिले अधिकांश निजी विद्यालय र उच्च शिक्षा पढ्ने हरु महगो कोष लिएर पढीरहेको पाईएको छ । माओवादीले सञ्चालन गरेको यूद्धको वेला पहिलो निसानामा यही पाँचकाटिय परेको थियो भने अहिले आलु उत्पादनले चर्चा यहि पाँचकाटियकै रहेको छ ।