२३ वर्षदेखि वेपत्ता भएका श्रीमान दसैँमा टुप्लुक्क घर आइपुग्दा पछि......
घर परिवार छोडेर २३ वर्षदेखि सम्पर्क बिहिन भएका श्रीमान दसैँको पूर्व सन्ध्यामा अचानक घर आइपुगेपछि पर्सा ठोरी ९ इच्छानगरकी बृद्धा फुलमाया बल आश्चर्यमा पर्नु भएको छ ।
२०४८ साल चैत १६ गते घर छोडेर सम्पकए बिहिन भएका तुलबहादुर बल २३ वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा नआएपछि आफन्त र छिमेकीले उहाँ जिवत नभएको भन्दै आश मारेका थिए ।
तर तुलबहादुर गएको आइतबार अचानक घरमा आइपुगेपछि श्रीमती फुलमायाका साथै गाउँ छिमेकमा मान्छेहरु आश्चर्यमा परेको स्थानीय प्रेम लामाले जानकारी दिनुभयो । तुलबहादुर हराएको १५ वर्षपछि उहाँ मरिसकेको भन्दै आफन्त र फुलमायाले काजक्रिया गर्न खोजेपनि छिमेकीहरुले तुलबहादुर जिवित हुन सक्ने भन्दै काजक्रिया गर्न रोकेका थिए ।
मरिसकेको ठानेका श्रीमान २३ वर्षपछि अचानक घर फर्किदा फुलामयासहित घरपरिवारका अन्य सदस्यहरु पनि निक्कै खुशी भएका छन् । तुलबहादुरले भने आफूले भारतको बागमारा जिल्लाको कोइलाखानीमा काम गरेर बसेको र दुई तीन महिनाअघि त्यही कार्यरत ओखलढुंगाका आफन्तहरुको सहयोगमा घर फर्किन सफल भएको बताउनुभयो ।
लामो समयसम्म घर छाडेर बाहिर बसेकाले आफूले घर परिवारको बारेमा भुलेको भन्दै उहाँले कोइलाखानीमा काम गर्ने आफन्तले घर परिवारका बारेमा बताएपछि घर फर्किएको बताउनुभयो । तुल बहादुरका तीन छोरा र तीन छोरी छन् ।
