सडक मर्मतको मांग गर्दै विधार्थीहरुले कलैया सिम्रौनगढ सडकखण्ड अन्तर्गत बाराको गोला गंजमा अवरुद्ध गरेको यातायात सुचारु गराउन प्रहरीद्धारा सात राउन्ड हवाइ फायर र १५ राउन्ड अस्रु ग्याँस प्रहार गरेका छन ।
विगत एक हप्ता देखि कलैया सिम्रौनगढ सडक खण्ड मर्मत गर्नको लागि प्रत्येक दिन यातायात अवरुद्ध गर्दै आएका विधार्थीहरुले आज पनि निरन्तरता दिएका थिए । सडक अवरुद्ध बारे जानकारी हुने वितिकै इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक निरंजन थापाको कमाण्डमा गएको टोलीले सडक सुचारु गराउन खोज्दा प्रहरी र विद्यार्थी बिच विवाद उत्पन्न भएको थियो ।
प्रहरी र विधार्थी बीच भएको विवाद उग्र रुप लिदै झडपमा परिवर्तन हुदा झडपमा परी प्रनि थापा घाइते भएका छन भने प्रहरीले चार जना विधार्थीहरुलाई आफनो नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक रविन्द्र रेगमीले बताए ।
कलैया देखि सिम्रौनगढ सडकखण्डमा एक सय भन्दा बढी ठूला ठूला खाल्डोहरुलाई मर्मत गर्नु पर्ने माग गर्दै विहिवार बस व्यवसायी संघ बाराले मध्यान्ह ११ बजे देखि २ बजेसम्म यातायात अवरुद्ध गर्दै बस तेर्साई विरोध गरेका थिए ।
nepaliheadlines.com
बारामा ७ राउन्ड हवाई फाएर
news and entertainment