युरोकप छनोटको खेलमा नेदरल्याण्ड्स, बेल्जियम र इटाली विजयी

सन् २०१६ मा हुने युरोकप फुटबलका लागि छनोट खेलहरु धमाधम भइरहेका छन् । गएरातिका खेलमा नेदरल्याण्ड्स, बेल्जियम र इटाली विजयी भएका छन् ।

समूह ए को खेलमा नेदरल्याण्ड्सले काजकिस्तानलाई ३-१ ले हरायो । नेदरल्याण्ड्सलाई जिताउन क्लास जान हन्टलर, इब्राहिम र रबिन भान पर्सीले एक एक गोल गरे । सो समूहको खेलमा आइसल्याण्डले लात्भियालाई ३-० ले हराउँदा चेक गणतन्त्रले टर्कीलाई २-१ ले पराजित गर्‍यो ।
त्यसैगरी समूह बी को खेलमा बेल्जियमले एन्डोरालाई ६-० ले हराउँदा इजरेलले साइप्रसमाथि २-१ को जित निकाल्यो । वेल्स र बोस्निया हर्जगोबिनाले भने गोलरहित बराबरी खेलेका छन् ।
समूह एच को खेलमा इटालीले अजरबैजानमाथि २-१ को जित निकाल्यो । त्यसैगरी नर्वेले माल्टालाई ३-० ले हराउँदा क्रोएसियाले बुल्गेरियामाथि १-० को जित निकाल्यो ।
imagekhabar.com

,

news and entertainment