अपरिचित समुहको धारिलो हतियार प्रहारबाट एक युवक घाइते

तेह्रथुमको पञ्चकन्या गाविसमा शनिवार राती अपरिचित समुहले एक युवकलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । पञ्चकन्या ९ बस्ने वर्ष २८ को शोभितमान विश्वकर्मालाई अपरिचित समुहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

उनको अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अभियुक्तहरु फरार रहेकाले खोजतलास भइरहेको शुक्रबारे प्रहरी चौकीले जनाएको छ ।


,

news and entertainment