नेपालमा बनेको वातावरणले विश्व बैंक मख्ख


विश्व बैंकले नेपाल र भारतबीच हालै भएको ‘आयोजना विकास सम्झौता’ पिडिएले  नेपालमा जलविद्युतको विकासको ढोका खुलेको बताएको छ ।

अर्थमन्त्री डा. रामशरण महतसँग आज भएको भेटवार्तामा विश्व बैंकका अधिकारीहरुले यस्तो बताएका हुन्  । विश्व बैंकको बार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री डा. महतसँगको भेटमा बैंकका दक्षिण एसियाका उपाध्यक्ष फिलिप हाउरेले नेपाल र भारतबीच हालै सम्पन्न विद्युत व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णाली जलबिद्युत विकास आयोजना (पीडीए) सम्झौताले नेपालमा जलविद्युत क्षेत्रमा विकासले फड्को मार्न सक्ने बताएका छन् ।

उपाध्यक्ष हाउरोले आगामी दिनमा विश्व बैंकले नेपालको जलविद्युतको साथै ठूला पूर्वाधारका क्षेत्रमा लगानी बढाउने आश्वासन समेत दिए ।  जवाफमा अर्थमन्त्री डा. महतले जलविद्युत आयोजनाहरुलाई सस्तोमा सञ्चालन गर्नुपर्ने र उत्पादित बिजुलीलाई पनि सस्तो बनाउनुपर्नेमा जोड दिए ।

यसैबचि,, विश्व बैंकको बार्षिक बैठकलाई सम्बोधन गर्दै महतल नेपालले आगामी सन २०२२ सम्ममा विकासशील मुलुकको दा“जोमा पुग्ने लक्ष्य लिएकाले त्यसका लागि ठूलो लगानी आवश्यक रकेको भन्दै महतले त्यसका लागि ७ देखि १० प्रतिशतसम्मको आर्थिक बृद्धि आवश्यक पर्ने भएकाले लगानी बढाउन दाताहरुसँग आग्रह पनि गरे ।

उनले शान्ती कायम भइरहेका मुलुकहरु र द्घन्दको समस्यामा रहेका नेपालजस्ता मुलुकहरुलाई सहयोग गर्ने विश्व बैंकको शैलीमा स्पष्टरुपमा फरकपन आउनुपर्नेमा जोड दिए ।

,

news and entertainment