तपाईको प्रश्न मेरो उत्तर नै सेक्स हो; सुस्मा



कैलाली धनगडीस्थित क्याम्पस रोडमा २० वर्ष पहिले जन्मिएकी सुस्मा अधिकारी छोटो समयमा नै मोडलिङ् क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी छन्  । तीन वर्ष अगाडी मात्रै मोडलिङ् क्षेत्रमा लागेकी सुष्माले हालसम्म ५० भन्दा बढि म्युजिक  भिडियोमा मोडलिङ् गरिसकेकी छन् । यति छोटो समयमा धेरै चर्चा पाईएला भन्ने सुष्मालाई लागेको थिएन । जति भिडियोहरुमा मोडलिङ् गर्दै गईन सुष्मालाई त्यति नै धेरै चर्चामा पुर्यायो । धनगडीको नेशनल एकेडेमी फर साइन्स् एण्ड टेक्नोलोजीबाट कमर्शमा प्रविणता प्रमाणपत्र गरेकी उनले पन्चोदय माध्यामिक विद्यालयबाट एसएलसी उत्रिण गरेकी हुन् ।  सुरुमा मोडलिङ्मा आउन परिवारको साथ थिएन उनले भनिन् ‘पछि टि.भी.मा देखिन थालेपछि क्रमश बुबा, ममीले पनि स्वीकार्नुभयो ।’  २१ वर्षको भरभराउँदो जवानीमा एक वर्ष भित्रै चर्चामा आउने व्यक्तिमा सुष्मालाई पनि लिन सकिन्छ । उनले एकवर्षभित्र कमाएको  चर्चा उनको फेसबुक पेजमा पनि छर्लङ्ग देखिन्छ । फिल्मी क्षेत्रबाटै आफ्नो क्यारिएर बनाउन चाहेकी मोडल सुष्मालाई यतिखेर मोडलिङ्मा भ्याईनभ्याई  छ । सेक्सलाई प्रकृतिको देन मान्ने सुष्मा सेक्स केबल मानव जातीको अस्तित्वको लागि मात्र भएको स्वीकार्छिन् ।   छोटो सययमा नै सफलता कमाउन सफल सुष्माले मोडलिङ् र उनको जिवनको सेरोफेरोमा आर्टिस नेपाललाई  खुलेर बताएकी छन् । उनै मोडल सुष्मासंग गरिएको कुराकानी ।

 कसरी मोडलिङ् क्षेत्रमा लाग्नुभयो ?

स्कूल लेभल देखि नै मोडलिङ्मा मेरो इच्छा थियो । म सानैदेखि नाँच्नमा माइर थिएँ । करिब तीनवर्ष पहिले काठमाडौं आएपछि फुलबारी कै बाटो फिर्छौ भन्ने बोलको गीतमा मोडलिङ् गर्ने अवसर पाँए त्यस गीतमा सफलता हाँसिल गरेको हुनाले नै होला पछि–पछि अन्य गीतहरुमा पनि धेरै अफरहरु आए । अहिले पनि मोडलिङ्मा मलाई भ्याईनभ्याई छ ।

त्यसोभए मोडलिङ् मै जिन्दगी बिताउने ?

म मेरो जिवन फिल्म लाईन मै सुम्पन्छु । दुई वर्षमा यतिधेरै चर्चा कमाउन सकेँ । मलाई फिल्ममा खेल्ने अवसरहरुपनि आएका छन् । तर स्क्रिप्ट भन्दा फरक सिन दिनुपर्ने भएकोले मैले फिल्म नखेलेकी हुँ । कथाले नमागी त्यस्तो सिन दिने कुरा पनि आएन । मलाई हट सिन दिएर चर्चामा आउनुपनि छैन । म यो क्षेत्रमा लागेको धेरै पनि भएकी छैन । क्रमशः यहि क्षेत्रलाई म व्यवसायीक बनाउन चाहन्छु । मेरो जिन्दगी फिल्मी क्षेत्रमा बिताउने सोचमा छु ।

चर्चामा पनि आउन पाईने , हिरोईन पनि हुन पाईने हट किस सिन दिन तपाईलाई के ले रोक्यो त ?

कथामा नभएको विषयवस्तु फिल्म चल्छ भन्दैमा म दिन सक्दिन । मलाई डाइरेक्टरको गुलामी गरेर चर्चामा आउनु पनि छैन । उनीहरुको स्वार्थलाई पुरा गरेर स्क्रिप्टमा नभएको कुरा मैले कसरी दिने ? यदी कथाले मागेको थियो भने दिन पनि सकिन्थ्यो होला ।

फिल्म क्षेत्रमा चित्त नबुझेर कलाकारहरु व्यापार व्यवसायतिर पनि लागेका छन् नि पछिल्लो चरणमा ?

मेरो बुबाले  पनि व्यापार गर्नुहुन्छ । पछि मैले पनि व्यापार गर्नसक्छु । तर अहिले त्यस्तो कुनै सोच बनाएकी छैन । म जिन्दगीमा जागीरचाँही अवस्य पनि खान्न । जागिर खाँदा अर्काको अण्डरमा काम गर्नुपर्ने हुन्छ । म स्वतन्त्र हिड्न चाहन्छु । त्यसैले मलाई अर्काको गुलामी गरेर  जागिर खानु छैन ।

विवाह गर्ने सोच छ कि छैन ?

विवाहको बारेमा अहिलेसम्म त्यस्तो कुनै सोच बनाएकी छैन । गरे भने पनि अबको पाँच वर्ष पछाडी गर्छु । पाँच वर्षसम्मलाई कुनै हतारो भएको छैन ।

त्यसोभए यो २२ वर्षे भर्भराउँदो जवानीलाई अहिले त्यत्तिकै छाड्ने ?

हा हा ...अहिलेलाई त्यस्तो हतारै भएको छैननि । पख्नुस् न पाँच पर्ष पछि यो जवानीलाई तह लगाँउला नि ?

पाँच वर्ष पछि विवाह गर्न त अहिले देखि नै लभ परेको होला नि ?
अहिलेसम्म त्यस्तो लभ परेको छैन । बरु त्यस्तो विवाह गर्ने राम्रो , मलाई बुझ्ने खालको , मन मिल्ने केटा भए विवाह गर्छु ।
एउटै लाईन क्षेत्र भएको केटासंग विवाह गर्दा राम्रो होला नि  उसले तपाईको कुरा पनि बुझ्छ होइनर ?

फिल्मी क्षेत्रको केटासंग त विवाह गर्दै गर्दिन । एउटै लाईन भएको केटासंग विवाह गर्दा झन् बुझ्दैन । उल्टै झगडा पर्छ ।
त्यसोभए मैले पत्रकार नै खोजिदिँउ त विवाह गर्ने हो ?

अह साँच्चै विवाह गर्छु । तर मलाई बुझ्ने खालको खोज्नुहोला । तपाईले खोजेको केटासंग विवाह गर्छु । तर पाँचवर्ष पछिमात्र ।
तत्काल विवाह नगरेपनि प्रेम सम्बन्धचाँहि होला है ?

प्रेम प्रस्ताव चाँहि स्कूल लेभल देखि नै आएको थियो । म कक्षा आठमा हुँदाखेरी नै मलाई लभलेटरहरु आउने गर्दथे । तर मैले त्यसलाई स्वीकारिन । किनकी कुखुरे बैंसमा सबैले चिठी लेख्छन् । आईलभ यु भन्छन् । यो स्वभाविक पनि हो । मलाई स्कूल लेभलदेखिनै केटाहरुले रगतले लेखिएका चिठीहरु पठाउने गर्दथे । ती चिठीहरु मसंग अहिले पनि सुरक्षित नै छन् ।

अहिले पनि आईलभयु सुष्मा भन्नेहरु त होलान् नि ?

कतिछन् कति तर मैले उनीहरुलाई सिधै नो भन्ने गरेकी छु । किनकी मलाई थाहा छ उनीहरुको डिप्ली माया होइन भनेर । अहिले आफ्नो फाईदाको लागि धेरैले आईलभयु त भनिहाल्छन् नि । तपाईले पनि भन्नुभएको थियो होला । तपाईले आईलभयु भन्दैमा तपाईले उसैसंग विवाह गर्नुपर्ने त होईन । भन्नेहरु धेरै निष्कन्छन । भन्नेहरुलाई मैले मेरो घरको लेन्डलाईन नम्बर दिन्छु । मेरो बुबालाई भन अनि विवाह गर्छु भनेर तर आजसम्म कुनैले पनि हिम्मत गरेर घरमा बुबाममीलाई फोन गर्न सकेको छैन । किनकी उनीहरुको म प्रति डिप्ली माया होईन ।

तपाईको विचारमा सेक्स के हो जस्तो लाग्छ ?

सेक्स प्रकृतिको देन हो । सेक्सलाई प्रकृतिले दिएको उपहार भन्दा पनि हुन्छ । सेक्स विना मानव जिवनको अस्तित्व पनि हुदैन । सेक्स नहुदो हो त तपाई कसरी पत्रकार बन्नुहुन्थ्यो अनि म कसरी कलाकार बन्थे ?  तपाईले मलाई अहिले जुन प्रश्न सोधिरहनुभएको छ र मैले जसरी उत्तर दिईरहेकी छु यो सबै सेक्सको कमाल हो ।
मानव जिवन अस्तित्वको लागि मात्रै हो र सेक्स् ? त्यसमा स्वाद , सन्तुष्टि र आनन्द पनि प्राप्त हुन्छ नि ?

सेक्समा स्वाद , सन्तुष्टि हुन्छ – हुदैन मैले आजसम्म अनुभव गर्न पाएकी छैन । मैले सेक्सलाई केबल प्रकृतिले दिएको उपहारको रुपमा लिएकी छु । सेक्स नभई मानव जिवन सार्थक हुदैनथ्यो । बस यत्ति भँनु ल सेक्सबारे ।

त्यसो भए अहिलेसम्म सेक्सको अनुभव लिएको छैन ?

मलाई सेक्सप्रति इच्छा नै हुदैन कामको व्यस्तताले गर्दा  कसरी अनुभव लिनु र ? कामको व्यस्तताले गर्दा सेक्सप्रति ध्यान जादैन ।

अब सेक्सको अनुभव कहिले लिने त ?

विवाह गरेपछि अवस्य लिन्छु । विवाह अघिको सेक्स ठिक पनि होईन ।

कसैले सेक्सको प्रस्ताव राखेका छैनन् ?

अहिलेसम्म राखेका छैनन् । सायद लभ परेको भए केटा साथीले राख्थ्यो होला । आफ्नो प्रेमीले सेक्स गरौं भन्नु स्वाभाविक पनि हो । तर मेरो अहिलेसम्म लभ नै परेको छैन ।

मोडलिङ्  क्षेत्रमा आएपछि त भनेहोलान् नि ?

एकदुई जनाले सेक्स सामान्य हो । यो क्षेत्रमा आएपछि सेक्सको अनुभव नलिने भए किन आउनु पनि भने । म उनीहरुको नाम भन्न त चाहन्न । तर उनीहरु शिक्षित पनि छैनन् । केलब रमाईलोको लागि यो क्षेत्रमा लागेका होलान् । म व्यवसायीक रुपमा नै मोडलिङ्मा लागेकी छु । म त्यस्तो चाहन्न । मैले तपाईलाई अघि नै भनिसके यो क्षेत्रमा लागेका केटाहरुसंग म विवाह पनि गर्दिन । त्यसैले मैले भने तपाईले एउटा राम्रो पत्रकार केटा खोजिदिनुपर्यो ।

डाइरेक्टरहरुले आफ्नो स्वार्थसिद्ध पुरा नगरी मोडलिङ्मा  स्थान नै दिदैन भन्छन् नि ? अधिकांश मोडलहरु त बरु मलाई जे गर्नुपर्छ गर्नुस तर मोडलिङमा चाँही खेलाउनु पर्यो भनेर आउँछन् रे ?

कतिपय मोडलहरुको  सन्दर्भमा तपाईले सोध्नुभएको प्रश्न ठीक छ तर सबै त्यस्तो केटीहरु नै यो क्षेत्रमा लाग्ने गरेको भन्ने प्रचार भ्रम मात्र हो । यो क्षेत्रमा ६० प्रतिशत केटी गलत नै छन् जस्तो लाग्छ । ४० प्रतिशत भने ठिक छन् । ४० प्रतिशतले मोडलिङ्लाई आफ्नो क्यारिएर बनाईसकेका छन् । ६० प्रतिशत भने केबल चर्चामा आउन जे पनि गर्छन ।

, ,

news and entertainment