होसीयार ‘इबोला एड्सपछिको ठुलो महामारी’


एजेन्सी । पश्चिम अफ्रिकाबाट पैलिएको इबोला एचआइभी, एड्सपछिकै ठुलो महामारी भएको अमेरिकी उच्च स्वास्थ्य अधिकारी फ्रिडेनले बताएका छन् ।
‘यो रोगलाई अर्को एड्स बन्नबाट रोक्न तत्काल विश्वले सहकार्य गर्नुपर्छ,’ सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशक डा. फ्रिडेनले भने ।
यो संकटबारे विश्व बैंकका उच्च अधिकारीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । इबोलाले हालमस्म ३ हजार ८ सय ६० जना मानिसको ज्यान लिएको छ ।
जसमा दुई सयभन्दा बढी स्वास्थ्यकर्मी छन् । पश्चिम अफ्रिका इबोलाबाट सबैभन्दा प्रभावित क्षेत्र हो । आजको राजधानीमा समाचार छ ।

,

news and entertainment