भारतबाट आएकी किशोरी नेपालमा सिंहको सामूहिक बलात्कार
सिरहाको छुट्टाछुट्टै दुई ठाउँमा एक भारतीयसहित दुई किशोरी बलात्कृत भएका छन् । सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाविस–१ स्थित फूपूको घर आएकी भारतीय किशोरी बलात्कृत भएकी हुन् ।
फूपूको घर आएकी करिब १४ वर्षीया किशोरीलाई गाउँका दुई युवकले मङ्गलबार राति ओछ्यानबाट उठाएर खेतमा लगी बलात्कार गरेको भन्दै गाउँका महिलाहरु स्थानीय प्रहरीमा उजुरी गर्न पुगेपछि घटना सार्वजनिक भएको हो ।
स्थानीय गाउँलेका अनुसार नवराजपुर–१ का राजकुमार मुखियाका छोरा करिब २० वर्षीय जितेन्द्र मुखिया र जगता मुखियाका २१ वर्षीय छोरा राजी मुखियाले बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीका अनुसार सम्बन्धित परिवारको मौखिक उजुरीका आधारमा पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइएको छ । आज जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रवक्ता गिरीले उल्लेख गरे ।
बलात्कारमा संलग्न दुई युवक गाउँ नजिकै रहेको भारतीय क्षेत्रमा भागेकाले भारतीय प्रहरीसँग समन्वय गरी खोजी गरिरहेको प्रवक्ता गिरीले बताए ।
त्यस्तै, सिरहाको मझौलिया गाविस–८ की १९ वर्षीया मुस्लिम युवती बुधबार बिहान बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाका अनुसार बिहान शौच गर्न बाहिर निस्किएका बेला स्थानीय १८ वर्षीय अन्तरुल मियाँ, १८ वर्षीय मन्टु ठाकुर र २४ वर्षीय दिलीप सिंहले सामूहिक बलात्कार गरेका हुन् । बलात्कारपछि फरार रहेका युवाको खोजी भइरहेको छ । रासस
nepaliheadlines.com

