संविधानसभा चुनावको मतपेटिका कालिगण्डकीको खोँचमा भेटियो


 गत मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनको मतपेटिका पर्वतमा वेवारिसे अवस्थामा भेटिएको छ ।
जिल्लाको कुस्मा बजार नजिकैको कालिगण्डकी किनारको खोँचमा मतपेटिका भेटिएको एकीकृत माओवादी पूर्व केन्द्रीय सदस्य तथा म्याग्दीका पूर्व सांसद गोविन्द पौडेलले रातोपाटीदाई जानकारी दिए ।
उनका अनुसार मतपेटिका म्याग्दी जिल्लाको भएको र त्यसभित्र करीब २०० मतपत्र रहेको छ ।
उनले मतपत्र कसरी यहाँ आइपुगेको भन्ने थाहा नभएको बताउँदै मतपत्र भेटिएपछि सर्वसाधरणको सो क्षेत्रमा भीड लागेको बताए ।
गत संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै एमाओवादीसहितको केहि दलले दाबी गर्दै चुनावी परिणाम समेत अस्विकार गरेका थिए । तर पछि दलहरुबीच धाँदलीबारे संसदीय छानबिन समिति गठन सहमति भएपछि कुरा मिलेको थियो ।
www.ratopati.com

, ,

news and entertainment