श्रीको परिवारको इज्जत भएर अगाडी बढ्ने श्वेताको प्रण
आफ्नो आधिकारी फेसबुक पेजमा श्रीकृष्ण श्रेष्ठको पुरै परिवारको फोटो र आफ्नो विवाहको फोटो पोष्ट गर्दै आफू आफ्नो पती परमेश्वरको पछि लागेर नयाँ जिन्दगी बसाल्न अनेकौँ सपनाहरु बुनेर नयाँ घरमा कर्म बसाल्न पुगेको बताइन् । आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्र नभई उक्त घरको सारा परिवारलाई खपिनसक्नु हुने बताउँदै आफ्ना पिडा सबै लुकाएर उनलाई सम्हाल्न शक्ति प्रदान गरेकोमा श्रीको परिवारप्रति आभार प्रकट गरेकी छिन् ।
श्रीको परिवारले देखाएको माया, सद्भाव र साथलाई भित्रि मनदेखि धन्यवाद दिँदै अब उक्त परिवारले सम्झे जसरी असल छोरी, बहिनी भएर परिवारको इज्जत राखेर अगाडी बढ्ने प्रयास गर्ने बताइन् ।
आउने दिनमा आफूबाट हुने केहि गल्तीहरुमा सुधार्ने मौकाको अपेक्षा गर्दै श्रीको परिवारले आफ्नै बहिनी र छोरीको दर्जामा राख्ने कुरामा उनी विश्वस्त भएको बताएकी छिन् ।


