आजबाट खुल्यो अमेरिकाको डिभी, यस्तो छ डिभी भर्ने तरिका
संयुक्त राज्य अमेरिकाले आगामी सन् २०१६ का लागि इलेक्ट्रोनोक डाइभर्सिटी भिसा (ईडिभी) को आवेदन बुधबारदेखि खुल्ला गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबारदेखि आगामी कात्तिक १७ गतेसम्म डिभी भर्ने अन्तिम मिति तय गरेको हो । डिभी चिट्ठा भर्दा कुनै पनि शुल्क नलाग्ने दूताबासले जनाएको छ।
आवेदन फारम भर्दा कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन तथा आवेदनसम्बन्धी सहयोग चाहिएमा विश्वासिलो साथीको सहयोग लिन आग्रह पनि दूतावासले गरेको छ ।
कसरी भर्ने डिभी ?
अमेरिकी दूतावासका अनुसार, डिभी फारम दर्ता गर्दा आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य छ । दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नुपर्छ । जुन नम्बरबाट तपाईँले आफूलाई डिभी परेको यो नपरेको थाहा पाउनुहुन्छ । त्यसैले यो नम्बर कसैलाई पनि सेयर नगर्न तथा आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्न पनि दूतावासले भनेको छ ।
dainiknepal.com

