लोकप्रिय बन्दै फेसबुक बिरोधी साइट, घण्टामा ३१ हजार नयाँ सदस्य थपिदै


फेसबुकबाट वाक्क दिक्क भएका सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गरी सुरु गरिएको एउटा फेसबुक बिरोधी सामाजिक संजाल एकाएक लोकप्रिय बन्न थालेको छ ।
‘बिज्ञापन मुक्त’ सामाजिक संजालका रुपमा सुरु गरिएको ‘एलो’ साइट अहिले यति लोकप्रिय भइरहेको छ कि एक घण्टामै झण्डै ३१ हजारका दरले नयाँ सदस्यहरु थपिइरहेका छन् ।
७ जना आइटी प्रोफेसनहरुले आफ्ना साथीहरुसँग जोडिन सुरु गरेको एलो लोकपि्रय बनेपछि अहिले सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।
अगष्ट ७ तारिखबाट सुरु भएको यो साइटले आफुलाई ‘एन्टी फेसबुक सोसल मिडिया’का रुपमा चिनाइरहेको छ । फेसबुकमा जस्तै बिज्ञापन पनि नहुने र प्रयोगकर्ताको तथ्याङ् पनि नबेचिने साइटले दावी गरेको छ ।
एलोमा पनि फेसबुक र ट्वीटरजस्तै सुबिधाहरु छन तर त्यति प्रयोगकर्ता मैत्री भने छैन् । यसमा स्टाटस लेख्न, प्रोफाइल तस्वीरु राख्न, साथीलाई एड वा फलो गर्न पाइन्छ ।
www.onlinekhabar.com

,

news and entertainment