मृत्यु सँग लड्दै कोरियामा नेपाली
रोजगारीको सीलसीलामा रोजगार प्रक्रिया प्रणाली मार्फत साँढे तीन बर्ष अगाढी दक्षिण कोरिया आएका चितवन कुमरोज निवासी २८ बर्षीय सेरफ गुरुङ थेगुस्थित याग्नाम युनिभर्सिटी हस्पिटलको आईसियुमा मृत्युसँग जुधिरहेका छन् ।
बिरामीको सहयोगका लागि अस्पतालमा जानकारी लिन पुगेका नेपाली डाक्टर राजेशचन्द्र जोशीले अहिलेसम्मको अबस्था हेर्दा जटिल अबस्था बिमारी रहेको बताएका छन् भने बिमारीको अबस्थाको क्रमिक सुधारका लागि दैनिक बीस लाख कोरियन वनको आबश्यकता पर्ने हस्पिटलले जनाएको छ । तसर्थ एक नेपालीको प्रबासमा अकाल मृत्युबाट बचाउँन चितवन सम्र्पक समिति दक्षिण कोरियाले नेपाली समुदायलाई सहयोगका लागि आह्रवान गरेको छ भने सहयोगका निम्ति दुर्लभ बन्धु पोखरेल आईबिके बैक दक्षिण कोरियाको खातानम्बर २२१२८६२५४०२०१६ मा सहयोग रकम पठाउँन सकिने छ ।
नेपालमा आमाको मानसिक अबस्था ठिक नभएको,एकभाई रोजगारका लागि भारत गएका र अर्को भाई बेरोजगार छन् भने निज गुरुङकी पाँच बर्षीय छोरी छिन् ।
www.ratopati.com

