गैरनेपालीलाई सजिलै एमआरपी
विदेशमा रहेकाको हकमा नागरिकता प्रमाणित बिना नै हस्तलिखित राहदानीका आधारमा एमआरपी बनाउन पाउने व्यवस्थाले गैर नागरिकहरूसमेत नागरिक बन्न सक्ने अवस्था देखिएको छ।
हस्तलिखित राहदानी बनाउने क्रममा कतिपय विदेशीले नक्कली नागरिकताका आधारमा नेपाली राहदानी लिएको खुलासा पटकपटक हुँदै आएकाले त्यस्ता राहदानीबाट एमआरपी सहजै पाउने व्यवस्थाको दुरूपयोग हुनसक्ने स्वयम् परराष्ट्र मन्त्रालयका अधिकारी नै ठान्छन्।
युरोप, अमेरिका र खाडी मुलुकमा रहेका नेपालीले हस्तलिखित राहदानीका आधारमा एमाआरपी पाउँदै आएका छन्।उनीहरूले आवेदन फारम भरेपछि हस्तलिखित राहदानी र नागरिकताको फोटोकपी मात्र बुझाए पुग्छ। विदेशमा रहेको भन्दै परराष्ट्र मन्त्रालयले नागरिकता प्रमाणित गर्नआवश्यक ठानेको छैन। कतिपयले राहदानी बुझाएपछि नागरिकता विदेशमा नभएको भन्दै नम्बर मात्र उपलब्ध गराउँदा पनि एमआरपी बन्ने गरेको छ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

