तनहुँमा बस दुर्घटना, २० भन्दा बढि घाइते, ६ को अवस्था गम्भीर


 तनहुँको तालघरेमा यात्रुबहाक बस दुर्घटना हुँदा २० भन्दा बढि घाइते भएका छन् ।
मूलपानीबाट ४० जना भन्दा बढि यात्रु लिएर  सदरमुकाम दमौली जाँदै गरेको ग १ ख ४६९२ नम्बरको बस तनहुँकै तालघरेमा दुर्घटनामा परेको हो ।
घाईतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि पोखरा लगिएको छ ।
सामान्य घाइतेहरुको जिल्ला अस्पताल दमौली, एपोलो लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ ।
चालकले मादक पदार्थ सेवन गरी लापरबाहीपूर्ण तरिकाले बस चलाएका कारण दुर्घटना भएको घाइते यात्रुहरुले जनाएका छन् । दुर्घटना गराएर फरार भएका चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
www.nepalsandesh.com

,

news and entertainment