फेसबुकका संस्थापक मोदीलाई भेट्न भारत आउँदै


एजेन्सी । विश्वकै चर्चित सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग यही महिना भारत आउने भएका छन् ।भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा उनले इन्टरनेट डाटा आर्गको अक्टोबर ९ र १० मा हुने शिखर सम्मेलनमा भाग लिनेछन् ।
फेसबुकका मालिक यी अर्बपतिसँग भारतका केही मन्त्रीहरुसँग पनि छलफल हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालैमात्र अमेरिकी कम्पनी अमेजनका सीईओ जेफ बेजोस र माइक्रोसफ्टका सत्य नाडेला भारत आएका थिए । यसक्रममा भारत आउने उनी तेस्रो प्रमुख व्यक्ति हुन् ।
‘इन्टरनेट डाटा आर्ग’ संसारभरका मानिसहरुलाई इन्टरनेटको पहुचसम्म पुर्‍याउनका लागि क्रियाशील रहेको छ । जुकरबर्गले भारतीय प्रधानमन्त्री मोदीसँग इन्टरनेट डाटा आर्गद्वारा फेसबुक र भारत सरकारबीच सम्भावित सहकार्य लगायत विषयमा कुराकानी गर्नेछन् ।
www.nepalsandesh.com

,

news and entertainment