विश्वविजेता जर्मनी पोल्याण्डसँग पराजित

एजेन्सी । सन् २०१६ मा हुने युरो कपको छनोट चरणको खेलमा विश्वकप विजेता जर्मनी पराजित भएको छ ।
आइतबार बिहान भएको खेलमा विश्वकप विजेता जर्मनीलाई पोल्याण्डले २–० गोल अन्तरले पाखा लगाएको हो ।

जर्मनीको लगातारको १९ औ जितमा पूर्णबिराम लगाउदै पोल्याण्डले समूहमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
पहिलो हाफ गोल रहित वरावरीमा सकिएपनि दोस्रो हाफको ५१ औ मिनेटमा आर्कोडेज मिल्कले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
सेवास्टियन मिलाले ८८ औ मिनेटमा व्यक्तिगत पहिलो तथा पोल्याण्डका लागि दोस्रो गोल गरे । जर्मनीले केही राम्रा अवसरको सिर्जना गरेपनि खेलमा गोल गर्न नसक्दा महत्वपूर्ण ३ अंक गुमाउन पुग्यो ।
जितसँगै समूह डीमा रहेको पोल्याण्ड २ खेलवाट ६ अंक सहित शीर्ष स्थानमा भने जमर्नी ३ अंक सहित चौथो स्थानमा रहेको छ । शनिबारराति भएको अर्को खेलमा फिनल्याण्ड र ग्रिसले वरावरी खेल्दै अंक वाँडेका छन् ।

,

news and entertainment