चक्रवर्ती आँधी हुदहुदको ठुलो खतरा, आन्ध्र प्रदेश र ओडिसामा त्रास
भारतको आन्ध्र प्रदेश र ओडिसा क्षेत्रमा चक्रवर्ती आँधी हुदहुदको खतरा बढिरहेको छ ।
चक्रवर्ती आँधीका कारण आउने तुफान अगाडी बढ्दा सो क्षेत्रका जनातामा त्रास छाएको छ । हुदहुदका कारण ठुलो क्षेत्रमा खतारा उत्पन्न भएको छ । गएराती विशदापट्टनम र गोपालपुरमा ठुलो हावा सहितको मुसलधारे पानी परेको छ । वर्षाका कारण सो क्षेत्रमा बिजुली अवरुद्ध भएको छ भने आज राती सम्म १९५ किलोमिटको गतिमा हावा आउन सक्ने चेतावनी दिइएको छ ।
त्यस्तै हुदहुद आँधी आज बिहानै ओडिशा र आन्ध्र प्रदेशमा प्रभाव पार्न सक्ने भारतीय संञ्चारमाध्यमले जनााएका छन् । यसअघि नै भारतीय सरकारले उक्त क्षेत्रका जनतालाई सुरक्षित स्थानतर्फ सर्न चेतावनी दिइसकेको छ । हुदहुद आँधीलाई मध्यनजर गर्दै हिजोमात्रै करिब ४ लाख मानिसलाई सुरक्षित स्थानतिर सारिएको छ ।

यसैबीच,, हुदहुदलाई लक्षित गर्दै भारतीय सेनाका ४ जहाज, भारतीय वायसेना का १० हेलिकप्टरलाई उद्दार र राहतका लागि तयारी अवस्थामा राखिएको बताइएको छ ।